जनकपुर, २३ मंसिर । जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन, टावर, सुरक्षाकर्मी आवासगृह, पार्किङ आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

नयाँ निर्मित संरचनाको पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मंगलबार उद्घाटन गरेका छन् । नयाँ टर्मिनल भवन लगायतका संरचना नेपाल सरकारको ४२ करोड रुपैयाँको लागानीमा निर्माण सम्पन्न भएको हो ।

यो टर्मिनल भवन स्टील स्ट्रक्चरको र आधुनिक सुविधासहितको रहेको मन्त्री भट्टराईले जनाएका छन् । उनले सो भवन निर्माणमा सहयोग गर्ने सबैप्रति धन्यवाद पनि दिएका छन् ।



