बिराटचोक,२३ मंसिर। प्रदेश नबर १ स्थित प्रदेश सांसद राजकुमार ओझाको पिता देविप्रसाद ओझाको ८८ बर्षको उमेरमा निधन भएको छ ।

मंगलबार मोरङको सुन्दरहरैचा १२ स्थित बिराटचोकमा दिउसो ४ बजेको समयमा निधन भएको हो । पिताको बुढेसकाल बढे संगै केहिदिन देखि अशक्त हुदै आउनु भएको परिवार श्रोतबाट जानकारी भएको छ ।
स्वर्गीय पिताको बुधबार बिहान ८ बजे लोहन्द्रा खोला बेलबारीमा अन्त्येष्टि गरिने कुरा पनि परिवारबाट जानकारी भएको छ ।



















