इन्द्र नेपाली

तेह्रथुम,२७ मंसिर । तेह्रथुमको आठराई गाउँपालिकामा प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद्को आंगिक तेह्रथुम बहुप्राविधिक शिक्षालयको शुक्रबार उद्घाटन भएको छ । आठराई गाउँपालिका ४ ईवा मा स्थापना भएको शिक्षालयको १ प्रदेशका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन ।

IMG_8246

शिक्षालयमा ३ वर्षे कृषि (पशु) विज्ञान र वाली विज्ञान संकायको प्रमाण पत्र तहको पठनपाठन संचालन हुने तेह्रथुम बहुप्राविधिक शिक्षालयका प्रमुख ठाकुरप्रसाद भट्टराईले बताउनु भएको छ। पहाडी जिल्लामा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित स्थापना भएको शिक्षलयमा यो शैक्षिक शत्रमा कृषि (पशु) विज्ञान तर्फ ४० जना र वाली विज्ञान तर्फ ४० जना गरी कुल ८० जना विधार्थीको लागि कोटा रहेको शिक्षालयले जनाएको छ।

131002483_438571227171630_5797418230584837714_n

गत फागुन ११ गते आफ्नो जन्म घर आठराईको इवा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालय स्थापनाको लागि आठराई ईवामा रहको ३० रोपनी जग्गा उपलब्ध गराउने घोषणा गर्नु भएको थियो। शिक्षालयको आफ्नै भवन निर्माण भएको छैन । भवन नहुन्जेल सम्म ईवामा रहेको समुदायिक भवन र स्वास्थ्य चौकीको पुरानो भवनमा मंसिर २८ गतेबाट पठनपाठन सुरु ‍हुदै छ। जिल्लाको दुर्गम गाउँमै न्युनतम शुल्कमा प्राविधिक संकायको पढाई हुन लाग्दा आफु खुसि भएको कार्यक्रम स्थलमा रहेका बिष्नु तामाङले बताए।