महेश आचार्य

नेपालको राजनैतिक ईतिहास बोकेको महत्त्वपूर्ण पार्टी प्राय सधै सत्तामा रहि रह्यो नेपाली कंग्रेस तर नेकपा एमाले र नेकपा एकीकृत माओवादी पार्टीले कार्यगत एकता गरि चुनाव लडे पश्चात् नेपाली जनताले आश भरोषा गरेर त्यो कम्युनिस्ट पार्टीलाई दिएको अख्तियारीले हालको नेकपा का केही नेता कार्यकर्तालाई भुईन भाडामा त पुर्यायौ नै नेपाली कंग्रेस समेत ओछ्यान् पर्यौ । फल स्वरुप नेकपा आजको अवस्थामा छ ।

131002483_438571227171630_5797418230584837714_n 2


नेपालमा ब्यवस्था परिवर्तन भयो तर ब्यवहार परिवर्तन भएन । अहिले नेकपा को लडाइँ पनि त्यसैको परिणति हो । भन्नू त ब्यवहारमा परिवर्तन गर्नु नचाहानेहरु यो पदको लडाई र यसलाई हल्का र फिक्का बनाउन नखोज्ने होइनन् । ब्यवस्था परिवर्तन गरेर ब्यवहार परिवर्तन गर्नु नखोजेको भन्ने एउटा उदाहरण म पस्कन्छु । सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतीले राज ज्ञानेन्द्रको झै झल्को दिनु । लगाएत अन्य धेरै छन् त्यस्तो धेरैलाई सैय भएको छैन । सबै ओलि भनिनु भानाईनु अझै गम्भीर विषय भित्र पर्दछ । धेरै कुरा नलेखौ सबैले बुझेकै छ ।


अब कुरा रह्यो कंग्रेसले प्रतिपक्षको भुमिका खेल्नु नसक्दा नेकपा भित्रै गतिलो प्रतिपक्ष कसरी बन्यो । नेकपा भित्र फरक मतहरु थिए सरकारको ताज पैरिने नेकपाहरुमा धामि झाक्रीमा झै दैवी शक्ति पलायो त्यसले बर्वराउने जोखाना हेर्ने कालो रातो भाले खाने कामको थालनि गर्यौ तर कंग्रेस हरायो ।

कहिले कहि देखिएन ....फल स्वरुप नेकपा भित्रैवाट ती झाक्रीहरुको प्रतिवाद शुरु भयो अहिले सम्म जारि छ । कंग्रेस पनि हामी पनि यतै छौ भनेर हिजो आज फोटो खिचाउदै छ । नेपालीको विडम्बनापूर्ण ईतिहास ...! यदि नेपाली कंग्रेस योजनाबद्ध रचनात्मक ढंगले प्रतिपक्षमा उभिएको भए ती धामि झाक्रीहरु आज झारफुकमा मात्रै सिमित हुने थिए मुलुकमा केही अझ राम्रो हुने थियोे ।