पुरुषोत्तम पौडेल

२०५१ सालमा नेकपा एमालेको सरकार निकै लोकप्रीय थियो । सार्वजनिक सुधार, सामाजीक सुरक्षा भत्ता र विकाश का नविन खाले सोचले सरकारलाई लोकप्रीय वनाएको थियो । सरकारका राम्रा कामहरूले पार्टी र नेताहरूको उचाई पनि वढाएको थियो । त्यहि लोकप्रीयतालाई जनसमर्थनमा वदल्न २०५४ सालमा नेकपा एमालेले आफ्नो सहभागितामा सरकार गठन गरेर स्थानीय निर्वाचन गराउने फैसला गर्यो । नेकपा एमालेको पहलमा राप्रपा नेता लोकेन्द्र वहादुर चन्दको नेतृत्वमा संयुक्त सरकार वन्यो । नेकपा एमालेको तर्फबाट कमरेड वामदेव गौतम उपप्रधानमन्त्री र गृहमन्त्री सहित सरकारमा सामेल भयो । स्थानिय चुनावको कमाण्ड कमरेड वामदेव गौतमले सम्हाल्नु भयो । उक्त निर्वाचनको परिणामले एमालेलाई जनजनमा पुर्याई दियो ।

एमाले नेता कमरेड वामदेव गौतमको नेतृत्वमा भएको स्थानीय निर्वाचनमा नेकपा एमाले झण्डै दुई तिहाई स्थानिय निकायहरूमा विजयी भयो । यो निर्वाचन परिणामले कमरेड वामदेव गौतमको कद-काठी वढाएर निकै माथी पुर्याई दियो । वहा स्वयमले पनि आफुलाई सर्वाधिक लोकप्रीय नेता भएको महशुश गर्न थाल्नु भयो । वहाको वरिपरि वस्ने हरूले प्रशंसाको पुल वाध्नु स्वभाविक थियो । दुनीयामा आसेपासे र चाटुकारहरूको कामै के हुन्छ र । वहालाई पनि वामदेव विना एमाले धुलो हुन्छ भन्दै उकास्न थालियो । " अवको नेता वामदेव हो, वाकी सवै दुक्की तिक्की हुन " भन्दै हौस्याउन थालियो । महाकाली सन्धिको धङधङी छदै थियो । चाकडीवाजहरूकै कारण नेपालगन्जमा भएको पार्टीको छैठौ महाधिवेशनवाट वामदेव कमरेडको नेतृत्वमा नेकपा एमाले दुई फ्याक भयो । एमाले फुटेपछि भएको पहिलो आम निर्वाचनमा वहुमतको दावी गरिरहेको एमाले प्रमुख प्रतिपक्षी भयो भने कमरेड वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा मालेले एक सिट पनि ल्याऊन सकेन ।

आज नेकपा देशको सवभन्दा ठुलो पार्टीको रूपमा छ । यो संसदमा झण्डै दुई तिहाई वहुमत नजिक रहेको पार्टी पनि हो । यस्तो अवस्थामा आज पार्टि नेतृत्व चरम विवादको भुमरीमा फसेको छ । पार्टी भित्रको विवाद समाधान गर्न चली रहेको स्थायी कमिटीको बैठक छक्क परेको छ । पार्टीमा विवादको मूल कारक वनेका प्रधानमन्त्रीले संवैधानिक परिषद सम्वन्धी अध्यादेश जारी गरेपछि देशको राजनिती तरंगीत भएको थियो । संसद वोलाएर कानुन वनाऊनु पर्ने समयमा प्रधानमन्त्रीले ५ वर्ष देखी थाती रहेको संवैधानिक परिषदमा हतारमा झपट्टा मार्न खोज्नुले आगोमा घ्यू थप्ने काम गरेको छ । अझ अहिले आएर एक्कासी संसद विघटन गरे पछि देशको राजनितीमा अझ नया तरङ्ग आएको छ । आफ्नै पार्टी को वैठक चली रहेको वेलामा पार्टीका कार्यकारी अध्यक्ष र वैठकलाई सुईको सम्म नदिईकन संसद विघटन गरिनुले देश मा समस्या अरू वल्झीएको छ ।

प्रधानमन्त्री ओली सार्वजनिक खपतको लागी छलफल र सहमतीको कुरा गर्न खप्पीस छन । पार्टीमा बहुमत मान्दिन भनिरहेका प्रधानमन्त्रीले सहमतीय आधारमा चल्ने संवैधानिक परिषदमा सहमती मान्दिन भन्दै वहुमतीय अध्यादेश जारि गर्दछन । भालुको मन खन्यु माथि भने जस्तो वहाको अर्जुनदृष्टी नियुक्ती र ठेक्का-पट्टा र गुट बलियो वनाऊनमा केन्द्रित हुन्छ । मौका छोपेर काम निकाल्न माहिर वहाले वरिष्ट नेता झलनाथ खनाल विदेश भएको मौकामा केन्द्रीय कमिटी वनाएर आफ्ना मान्छे भर्ना गर्नुभयो । कमरेड माधव नेपाल विदेश भएको मौका छोपेर पार्टीको प्रदेश अध्यक्ष र सचिव एकलौटी वनाउनु भयो । स्वास्थ्य जाच गर्न सिङ्गापुर जादा डाक्टरले किड्नी फेर्नु पर्ने सुझाव दिएपछि तु.नेपाल फर्किएर रातारात प्रदेश प्रमुख सहित थुप्रै राजदुतहरू एकै पटक एकलौटी मनोनित गर्नु भयो । अरू त अरू किड्नी फेर्नको लागी अपरेसन थिएटरमा पुग्दा समेत आफ्नै टिमका नेताहरूलाई पनि किन्चीत विश्वास गर्नु भएन र कार्यवाहक को जीम्वेवारी सम्म दिन रूची देखाऊनु भएन ।

प्रधानमन्त्रीजीको नजरमा लोकतन्त्रमा वहुमतको कुनै अर्थ हुदैन । उहा पार्टीमा बहुमतले केही गर्न सक्दैन र अल्पमत भएपनि आफैले शासन गर्ने दावी गर्नुहुन्छ । वहा बहुमतको आडमा आफु विरुद्ध कसैले कुनै निर्णय लिन नसक्ने दम्भ राख्नु हुन्छ । आफुले जे गरेपनि सही हुने र त्यो नै पार्टी र सरकारको निर्णय हुने भन्दै अल्पमत वहुमतले कुनै निर्णय लिन नसक्ने जिकिर गरि रहनु हुन्छ । पार्टीका हरेक कमिटिमा अल्पमतमा परेपछि उहाले अल्पमत र बहुमतको सहारा लिनु नहुने बताउन थाल्नु भएको हो । उहा आफुलाई अनुकुल हुँदा बहुमतको डन्डा चलाउन खप्पीस र प्रतीकुल हुने वित्तीकै बहुमत अल्पमत हुदैन भनेर विधी विधान विपरितका चेतावनी दिन पनि उस्ताद हुनुहुन्छ ।

ओलीजी अनेकौ दाऊ खेल्न माहिर नेता हुन । वहाले आफुलाई प्रधानमन्त्री वनाऊन हठात पार्टी एकताको चाल चल्नु भयो । अहिले आफुलाई थोरे अड्चन आऊने वित्तिकै एमालेहरूलाई एक बनाएर माओवादी धारलाई लखेट्ने कुरा गर्न अघि सर्नु भएको छ । एमाले धारका नेताहरुलाई एक बनाउने भन्दै उहाले पूर्व माओवादी धारका अध्यक्ष प्रचण्डलाई अचेट्ने नीति अख्तियार गर्नु भएको छ । अहिले उहामा पार्टी एकता प्रतीको कुनै चासो र चिन्ता समेत देखिई रहेको थिएन । उहा एमाले धारका नेताहरुलाई एकठाऊमा ल्याएर पार्टी विभाजन गर्न पनि तयार देखीनु भयो । उहाको गलत सोचलाई वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम समेतले साथ दिन नसक्ने बताए पछि वहा भुङ्ग्रोमा परेको माछो जस्तो हुनु भयो । फेरी कमरेड प्रचण्डलाई फकाउन अनेक उपाय गर्नु भयो र अन्ततः इगोकै लागी देशको संसद समेत विघटन गर्नु भयो ।

ओलीजी संग अनेक तरङ्गका चाल हुन्छन । उनमा कसैले नचिताएको पार्टी एकता भङ्ग गर्ने सम्मको सोच आऊने गर्छ । उनी पार्टी एकता भङ्ग गरेर एकता पूर्वको अवस्थामा जाने चाहना राखेर अर्का अध्यक्ष संग सल्लाह मै पार्टी विभाजन गरौं भन्ने सम्मको प्रस्ताव राख्दछन । उनी यस्तो सोचका विषयमा प्रचण्डसँग निर्धक्क संग कुरा गर्न तयार हुन्छन । उनी माधव नेपाल संग समेत एमालेहरू एक हुनु पर्ने प्रस्ताव राख्न पुग्दछन । यस्ता खाले वेकारका चलखेलहरूमा कमरेड प्रचण्ड, झलनाथ खनाल र माधव नेपाल समेतको ठाडो आपत्ति भएपछि ओईलाउनु भएका ओलीजी आफुलाई शंकट पर्दा पार्टी एकता पूर्वको अवस्थामा जाने धम्की दिएर तर्साऊन समेत लागी रहनु भयो । अहिले आएर अख्तियारको प्रमुखमा प्रस्तावित प्रेम राई मार्फत नेताहरूलाई धम्काऊने काम भैरहेको छ । यसो हुदा पनि आफ्नो उल्लु सिधा नभए पछि आफै चाऊरिने अवस्था आएको छ ।

प्रधानमन्त्री महोदय आफुलाई पार्टीको प्रथम अध्यक्ष र " सर्वाेच्च नेता भन्न रूचाऊनु हुन्छ " । वहा विरोधीहरूलाई वास्ता गर्नु हुन्न । वहाको विगत पनि विवाद र विरोधका विच अगाडी वढेर आएको छ । पार्टी भित्र पनि विवादास्पद छवी रहि आएको छ । वहा आफुलाई कसैले आलोचना र विरोध गर्न नपाऊने मान्यता राख्नु हुन्छ । वहा सवैले ऑखा चिम्लेर आफुलाई सघाउनु पर्ने माग राख्नु हुन्छ । सरकार गठनको तीन वर्षसम्म पनि पार्टीमा कहिल्यै सरकारका काम कारवाहीका वारेमा समिक्षा गर्न दिनु भएन । दोश्रो स्थायी कमिटी वैठकले एजेण्डा वनाए पनि उसै थाती रह्यो । वहा आफ्नो एकलौटी र मनमौजी सरकार सञ्चालनको तरिकालाई दुनियाले अशल भनि देओस भन्ने आशा राख्नु हुन्छ । अव त दुनियाले जती विरोध गरेपनि आफुले चमत्कार गरेको दावी गरेर आत्मरतीमा रमाऊन मस्त रहनु वहाको नियती हुन्छ ।

प्रधानमन्त्रीजी एकै पटक पार्टी अध्यक्ष र प्रधानमन्त्री समेत हुनुहुन्छ । उहालाई केन्द्रीय कमिटीले पार्टी अध्यक्ष र पार्टी को संसदिय दलले प्रधानमन्त्री वनाएको हो । उहा आफुलाई दुवै पद जनताले वरदानमा दिएको दावी गर्न पनि पछि पर्नु हुन्न । वास्तवमा वहाका दुवै पद माथी अहिले धारीलो तरवार झुण्डीएको छ । कुनै पनि हालतमा दुवै पद नछोड्ने अड्डी मा प्रश्न चिन्ह खडा भएको छ । उहा महाधिवेशन सम्म पार्टी अध्यक्ष नछोड्ने र अर्काे चुनाव सम्म प्रधानमन्त्रीमा वहाल रहने जिकिर गरि रहनु भएको छ । विगत निर्वाचनमा वामपन्थी गठबन्धनले प्राप्त गरेको भारी वहुमत समेत आफ्नो निजी कारणले मात्र पाएको गलत फहमी पालेर वसिरहनु भएको छ । संसद विघटन गरिसक्दा पनि वहामा देशको व्यापक वामपन्थी जनमत आफ्नो पक्षमा रहेको भ्रम पालेर वस्नु भएको छ ।

उहा विकाशका नाममा अनेक फतुर लाऊन ज्यादै सिपालु हुनुहुन्छ । पानीजहाज, रेल र घरघरमा ग्यास अनेक रमाईला फत्तुर लाऊनु भयो । उहा हरेक घट्नालाई आफ्नो पक्षमा मोड्न माहिर खेलाडी पनि हुनुहुन्छ । जनतामा लोकप्रीयता घटेर शंका र आक्रोशको उरूङ लागी सक्दा पनि जनताको प्रिय रहेको भ्रम पालिरहनु भएको छ । महाधिवेशन सम्म पार्टीमा आफुले एकलौटी शासन चलाई रहने दम्भ तथा अहंकार पाली रहनु भएको थियो । वहा सरकार पनि आफ्नो एकलौटी मेहनतको उपलव्धी भएकोले अकंण्टक सरकार चलाई रहन पाऊनु पर्ने घमण्ड पाल्नु भएको छ । यसैले उहाले जंगे शैलीमा एकलौटी ढंगले संसद विघटन गर्न पुग्नु भयो ।

यि सवै प्रसङ्गहरूले वहा पार्टीमा मेलमिलाप र नया आधारमा एकता गर्नु भन्दा विभाजनको मुडमा रहनु भएको पुस्टी हुन्छ । उहाले ल्याएको फिरादी प्रस्ताव पनि विभाजनको रोडम्याप बोकेर आएको देखिन्छ । राष्ट्रपती महोदयको वहा का हरेक कदमलाई ऑखा चिम्लेर साथ दिनुले पनि त्यही वताऊछ । यहा अनेक नाममा नेकपा सिध्याउने चलखेल भैरहेका थिए । मौका मौकामा विभीन्न नामका पार्टी हित विपरीतका अध्यादेशहरूले पनि पार्टी सक्ने खेललाई मदत पुर्याई रहेका थिए । गोयलको वालुवाटार चक्कर, भारतीय शेनापतीको अनुगमन र भाजपा महासचिवको मन्त्रणाले पनि काम गरेको होला । प्रधानमन्त्रीले आफैले एकता गरेर वनाएको नेकपामा वहाकै योजना अनुरूप चालु पाच वर्ष पनि टिकाऊन सक्नु भएन । नेकपाको नाममा पाच वर्ष मनमौजी सत्ता चलाऊने र वाकी अवधीको लागी तयार गरेको विकल्पमा पोल पहिलेनै खोली दिनु भयो ।

नेकपालाई अलोकप्रिय वनाएर आफुले दर्ता गर्न लगाएको नेकपा एमालेलाई व्युताउन वहाले किन यती विधी हतार गर्नु भयो । वहाका वरिपरीका दुर-द्र्ष्टाहरूले पार्टी विभाजन गरेर अलग पार्टी वनाऊन किन यती धेरै दवाव दिए वुझि यो भने रहस्यमै छ । देश र जनताको दुर्भाग्य नेपालमा विभाजन गरेर ठुलो भाग खान खोज्नेको यस्तो सपना 'मुगेरीलालको हसिन सपना' मात्र हुदै आएको छ । विगतमा यस्तै यस्तै सोचेर नेकपा एमालेबाट विभाजीत कमरेड वामदेव गौतमले जुन नियती भोग्नु परेको थियो उस्तै नियती नेपाली काग्रेसवाट फुटेका शेरबहादुर देउवाले पनि भोग्नु पर्यो । आऊने दिनमा अरूले पनि त्यस्तै नियती भोग्नु अनिवार्य छ । अहिले पार्टी एकतालाई विचैमा छोड्नेहरूले देशमा जुन शंकट खडा गरेका छन । उनिहरूको अहंकार, विघटनवादी कर्म र विभाजनले जुन शंकट खडा गरेको छ । यो अनुचित तथा अपराधपूर्ण कर्मले उनिहरूलाई सधै पिरोली रहनेछ । सवै लाई चेतना भया ।।।