पथरी शनिश्चरे, ७ माघ । मोरङको पथरी शनिश्चरे नगरमा कुष्ठरोग रोकथाम कार्यक्रम अन्तर्गत कुष्ठरोग खोजपड्ताल गर्न स्वास्थ्यकर्मीका लागि २ दिने अभिमुखिकरण आजबाट सुरु भएको छ ।

स्वास्थ्य कार्यालय मोरङ र नेदरल्याण्ड ल्याप्रोसी रिलिफको आयोजनामा सुरु भएको अभिमुखिकरणमा नगरका स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलाई सहभागि गराइएको छ । लबि शाक्य सहितले सहजिकरण गर्नुभएको छ । यसपछि महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई पनि अभिमुखिकरण गरिने स्वास्थ्य शाखाका जगत मगरले जनाउनु भयो ।