पथरी शनिश्चरे, ९ फागुन । मोरङको पथरी शनिश्चरे नगरको वडा नम्बर १ मा पर्ने पथरी बजार क्षेत्रमा कौसीखेतीमा सहयोग पुर्याउँदै आज नगरपालिका कार्यालयले खेतीका लागि आवश्यक सामग्री वितरण गरेको छ ।
वडाध्यक्ष बाबुराम एङ्देनको अध्यक्षताको कार्यक्रममा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले कृषकहरुलाई सामग्री वितरणपछि बोल्दै शहरमा रहनेले समेत घरको कौसी (छत) मा सागसब्जी र फलफुल लगाएर आफ्ना आवश्यकता पुरा गर्न लाग्ने काममा नगरले सघाउ पुर्याउँदै जाने बताउनु भयो ।
कार्यक्रममा, वडा सदस्य रोमान्सी धिमालले पनि मन्तव्य व्यक्त गर्नुभयो । नगरको कृषि शाखाले आयोजना गरेको कार्यक्रममा कौसी खेतीका बारेमा सहजिकरण गर्दै ४० जना घरधनीलाई प्रोब्याग, हजारी र स्प्रे ट्याङ्की वितरण गरेको शाखा प्रमुख सावित्रा कार्कीले जनाउनु भयो ।नगरको कृषि क्षेत्रको १ लाख रुपैयाँ बजेट अन्तर्गत सो कार्यक्रम भएको हो ।



















