काठमाडौं,२२ चैत्र । काठमाडौंमा सम्पन्न नेपाल खेलकुद महासंघको विशेष राष्ट्रिय भेलाले राजनितीक तथा खेलकुद सम्वन्धी शान्दर्भिक प्रस्तावहरू अध्ययनको लागी प्रकाशित गरिएको छ । चैत्र २० गते भएको भेला र २१ गते भएको केन्द्रीय कमिटी वैठकवाट पारीत नेपाल खेलकुद महासंघ खेलकुद गतिविधिमा केन्द्रित हुन चाहेको हो ।

पहिलो बैठकबाट पारीत प्रस्तावहरू यसप्रकार रहेका छन :
१, आज देशको राजनितीक अवस्था अत्यन्त तरल र अन्योलपूर्ण छ । फाल्गुन २३ गतेको सम्मानित सर्वोच्च अदालतको फैसलावाट वहुमत प्राप्त नेपाल कम्युनिस्ट पार्टी ( ने.क.पा ) विघटित भएको छ । आपसमा एकिकृत भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र विऊतिएका छन । सर्वोच्च अदालतकै निर्णयबाट विऊतिएको हाम्रो पार्टी नेकपा एमाले भित्रको अन्तर्संघर्ष पार्टीको स्थापित विधीवाट समाधान गर्न पार्टी अध्यक्ष असफल हुनु भएको छ । पार्टी नेतृत्वको पूर्ण असफलता अहिले सतहमा देखीन थालेको छ । यसैको परिणाम स्वरूप अहिले नेकपा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ ।
आफ्नो पार्टी भित्रको चरम विवादलाई नजिकवाट हेरी रहेको नेपाल खेलकुद महासंघ अहिले पनि विवादको सहज समाधान भएको हेर्न उत्सुक छ । पार्टी भित्रको अन्तर्संघर्षलाई विधी सम्मत ढंगले वहस, खेलको निर्धारित नियम र परम्परा अनुसार, विमर्श र आपसी सहमतीको आधारमा समाधान भएको देख्न लालायीत छ । नेपाल खेलकुद महासंघ कसैलाई पनि कार्यवाही किनारा लगाऊने र कसैलाई देवत्वकरण गर्ने उद्देश्यबाट होईन आपसी सम्मान र सहमतीवाट समस्याको समाधान गर्दै एकता वध्द पार्टी चलेको हेर्न चहान्छ । देशको खेल क्षेत्रमा कृयाशिल हामी खेलकर्मीहरूको संगठन कसैको जय पराजय होईन । सवैको उन्नती र प्रगती भएको हेर्न चहान्छ । नेकपा एमाले एकता वध्द भएको देख्न चहान्छन ।
अहिले नेकपा एमालेमा विधान मिच्ने र फल्स खेल्ने कामको सुरूवात स्वयम अध्यक्ष कमरेडवाट भएको छ । फल्छ खेले पनि आफुलाई सच्याउने तिर होईन रेफ्रीको भूमीका खेल्नु पर्ने अध्यक्ष ज्यू जथाभावी रेडकार्ड देखाऊन तल्लीन भएको देखीदैछ । यस्तो तरिकाले खेल सुव्यवस्थित हुन सक्दैन । विशेष गरी आलोचना र आत्म- आलोचनाको माध्यम बाट समस्या समाधान गर्ने पार्टीको स्थापित परम्परा र निती विपरीत आलोचना गर्नेहरू सवैलाई तह लगाऊन रातो कार्ड देखाई दिने प्रवृती सुरू भएको छ । आफु संग असहमत सवैलाई कार्वाहीको डण्डा चलाएर तर्साऊने विग्रहकारी प्रवृती सतहमा आएको छ । यो निश्चय पनि देशको लागी राम्रो लक्षण होईन । यसले पार्टीलाई एकरत्ती पनि फाइदा गर्ने वाला छैन । तसर्थ नेपाल खेलकुद महासंघ यस्ता खालका विनाशकारी र पूर्वाग्रह प्रेरित कार्यवाहीहरू फिर्ता गरी वहस, विमर्श छलफल र सहकार्यको आधारमा पार्टी भित्रको समस्या समाधान गर्न जोडदार माग गर्दछ ।
२, नेपाल खेलकुद महासंघ नेकपा एमालेको आधिकारिक जन संगठन हो । यो देशमा खेलकुदको विकाश र खेलकुद निती निर्माणमा योगदान गर्ने उदेश्यले कृयाशिल संगठन हो । पार्टी एकता भई नेकपा गठन, एकता प्रकृयामा आएको समस्या र अन्योलका कारण केही समय यसका गतिविधिहरू पुरै अलमलिन पुगे । आज हामी एउटा नया परास्थीतीमा महासंघको राष्ट्रिय भेला सम्पन्न गर्न उपस्थीतत भएका छौ । यो राष्ट्रिय भेला पछि महासंघले देश व्यापी रूपमा आफु लाई पुनर्गठन गरेर नेकपा एमालेको पुनर्गठनमा समेत सघाऊ पुर्याउनु पर्दछ । यसका लागी २०७८ को वैशाख भित्रमा नेपाल खेलकुद महासंघका सवै प्रदेशहरू , राष्ट्रीय संघहरू र जिल्ला कमिटीहरूका वैठक तथा भेलाहरू सम्पन्न गरी संगठनको दरो संरचना निर्माण गर्नु पर्छछ । दरो तथा वूयवस्थीत संगठनको माध्यमवाट नेपाली खेलकुद क्षेत्रलाई नया गति दिने काममा लाग्नु पर्दछ । खेलकुद संगठन र खेलकुद क्षेत्रको विकाशमा पूर्ण शक्तीका साथ कृयाशिल हुनु पर्दछ ।
३, नेपाल खेलकुद महासंघ नेपाल सरकारको खेलकुद क्षेत्रमा देखीएको उदासिनता र लापरबाही प्रति असन्तुष्टि प्रकट गर्दछ । विशेष गरि खेलकुद क्षेत्रको दुखद अवस्था प्रती चिन्ता जाहेर गर्दछ । प्रत्येक साल वढाऊदै लैजानु पर्ने खेलकुद मन्त्रालयको वजेटलाई सालवसाली घटाउदै लगेकोमा महासंघ अरू दुखी भएको छ । सामान्यतः प्रत्येक मन्त्रालय, विभाग र विकाश क्षेत्रको वजेट सालमा कमसेकम १० प्रतिशत वढाऊने गरिन्छ । तर दुर्भाग्य नेपाल सरकार खेलकुद मन्त्रालयको वजेट २०७२/०७३ सालको बजेटको तुलनामा प्रत्येक साल चरिव १० प्रतिशत भन्दा वढिले घटिरहेको देखीन्छ । नेपाल खेलकुद महासंघ खेलकुद क्षेत्रमा कमसेकम १ प्रतिशत वजेट छुट्याउन पर्ने अडान राख्दै आएको संगठन हो । महासंघ खेलकुदको वजेट वढाएर कमसेकम १ प्रतिशत बजेट पुर्याऊनु पर्ने मागलाई कार्यान्वयन गर्न जोडदार माग गर्दछ ।
४, देशमा अहिले पनि आवस्यक मात्रामा खेलकुद पूर्वाधारहरूको विकाश हुन सकिरहेको छैन । नेपाल सरकारले खेल-पूर्वाधारको विकाशमा खासै ध्यान दिई रहेको पनि देखिदैन । राष्ट्रिय खेलकुद प्रतियोगिता र दक्षिण एसियाली खेलकुद प्रतियोगीताहरू आयोजना गर्नका लागी वाद्यात्मक रूपले अत्यावस्यक पूर्वाधार निर्माण गर्ने वाहेक सरकारले कुनै नया कार्यक्रम अघि वढाएको देखिदैन । २०७१ सालमा सुरू गरिएको मूलपानी स्थीत अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य अहिले सम्म पुरा भएको छैन । २०७२ सालमा त्रिभुवन विश्व विद्यालय संग सहमती गरी डिपीआर तयार गरिएको त्रिभुवन विश्वविद्यालय परिसर भित्र वनाईने पाचहजार क्षमताको अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल अहिले सम्म सुरू पनि हुन सकिरहेको छैन । यस्तै विरगंज रङ्गशाला र राजविराज रङ्गशाला सहित थुप्रै रंगशालाको मर्मत कार्य समेत हुन सकेको छैन । धनगढी रङ्गशाला, विराटनगरको वैजनाथ क्रिकेट मैदान र कोहलपुर क्रिकेट मैदान सहित आठवटा क्रिकेट मैदान अहिले सम्म पनि निर्माण सम्पन्न हुन सकिरहेको छैन । यतातिर सरकारको गम्भीर ध्यानाकर्षण गर्न चहान्छौ र खेलकुदको विकाशका लागी स्तरीय पूर्वाधार आवस्यक हुने कुरा महशुस गर्न आग्रह गर्दछौ ।
५, खेलकुदको विकाशमा सव भन्दा महत्वपूर्ण कुरा स्वस्थ्य तथा तालीम प्राप्त खेलाडी हुन । आधुनिक कला, कौशल र योग्यताले भरिपूर्ण प्रशिक्षकहरूको व्यवस्थापन हो । नेपाल सरकार संग अहिले सम्म पनि खेलाडीहरूलाई व्यवस्थीत तालीम र प्रशिक्षण दिने र अन्तर्राष्ट्रिय स्तरको कला, कौशल र क्षमता भएका प्रशिक्षक तयार गर्ने वारे व्यवस्थीत सोच र योजना देखीदैन । खुल्ला प्रतिस्पर्धा द्वारा खेलाडी छनौट गर्ने, छनौट गररिएका खेलाडीहरूलाई प्रशिक्षण दिने र योग्य एवम सक्षम प्रशिक्षक उत्पादनका लागी हामीले देशमा तत्काल एउटा खेलकुद एकेडमी स्थापना गर्न माग गरेका हौ । देशका खेलाडी तथा प्रशिक्षकहरूलाई तालीम तथा प्रशिक्षण सहित कमसेकम खेलकुद विषयमा स्नातक तह सम्म अध्ययन तथा अध्यापन गराऊने काम गर्न खेलकुद एकेडेमीको माग गरि आएका छौ । एक दशक भन्दा वढि समय विती सक्दा पनि सरकार एक कदम पनि अघि वढ्न सकिरहेको छैन । खेलकुद क्षेत्रको निम्ती यो ज्यादै दुखद पक्ष हो । महासंघ सरकार संग तत्काल देशमा खेलकुद एकेडेमी स्थापना गर्न र खेलकुदका वारेमा पठन पाठन सुरू गर्न जोडदार माग गर्दछ ।
६ , खेलकुदको विकाशलाई गती दिन र खेलाडीहरूको स्तर वृध्दी गर्नको लागी राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गरिनु पर्दछ । यसको निम्ती सरकारको यथेष्ठ सहयोगी भूमिका र प्रोत्साहन आवस्यक पर्दछ । स्थानीय तह, प्रदेश तह र केन्द्रीय सरकारले आपसी सहकार्यका आधारमा आ-आफ्ना तहका खेलकुद प्रतियोगिता हरू आयोजना गर्नु पर्दछ । विशेष गरि संघिय सरकारले प्रदेश र स्थानीय तहलाई व्यवस्थीत क्यालेन्डर वनाई नियमित खेलकुद प्रतियोगिताहरू आयोजना गर्न प्रेरित गर्नु पर्दछ । यसो हुन सकिरहेको अवस्था छैन । केन्द्र सरकारले प्रत्येक दुई वर्षमा आयोजना गर्ने गरेको राष्ट्रिय खेलकुद प्रतियोगिता समेत आयोजना नहुदा नेपाली खेलाडीहरूलाई निराश वनाऊनु स्वभाविक हो । नेपाल सरकारले नेपाली खेलाडीहरूलाई उत्साही वनाऊन तत्काल प्रदेश र राष्ट्रिय स्तरका वृहद खेलकुद प्रतियोगितालाई सुचारू गर्न महासघ जोडदार माग गर्दछ ।




















