२०६६ साल मंसिर १४ गते नेपाल खेलकुद महासंघको स्थापना भएको हो । नेकपा एमालेको केन्द्रीय कमिटीले २०६३ सालमा खेलकुद क्षेत्रलाई संगठित र व्यवस्थीत गर्नको लागी आवस्यक अध्ययन गरि सुझाव दिन कमरेड गोकर्ण विष्ट को नेतृत्वमा एऊटा कार्यदल वनाएको थियो । सोही कार्यदलले २०६५ सालमा नेकपा एमालेको जन संगठनको रूपमा नेपाल खेलकुद महासंघको आवस्यकता औंल्याउदै प्रतिवेदन वुझाएको थियो । कार्यदलको सुझाव अनुसार एमालेको केन्द्रीय कमिटीले संगठनको ढाचा, कार्य र अधिकार क्षेत्र समेत स्पष्ट गरेर प्रस्तावित विधानको खाका सहित नेपाल खेलकुद महासंघ गठन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार नेपाली खेलकुद क्षेत्रलाई संगठित गर्न महासंघ गठनको तयारी भयो । विशेष गरि लोकतन्त्रको प्राप्ती पछि पनि आफुलाई अभिभावक विहिन महशुस गरिरहेको खेलकुद क्षेत्रलाई अभिभावकत्व दिन, खेलकुदलाई निती र विधिको आधारमा चलाउने वातावरण वनाऊन अनि खेलाडीहरूलाई राष्ट्रको मूलप्रवाहमा सामेल गरि राष्ट्रीय एकतामा योगदान र अन्तर्राष्ट्रिय चरित्र निर्माणमा लागाऊन खेलकुद महासंघ सहायक हुने पार्टी केन्द्रीय कमिटीले ठहर गरेको थियो । म पनि त्यतीवेला नेकपा एमालेको केन्द्रीय कमिटीमा रहेकोले महासंघ गठन सम्वन्धी छलफलमा सामेल भएको थिए । नेकपा एमालेको कार्यक्रम जनताको वहुदलीय जनवादमा कमरेड मदन भण्डारीले अघि सार्नु भएको खेलकुद सम्वन्धी नितीलाइ कार्यान्वयन गर्ने दिशामा यो एऊटा सकारात्मक कदम थियो ।
नेकपा एमालेको निर्णयलाई २०६६ मंसिर १४ गते पार्टी अध्यक्ष कमरेड झलनाथ खनाल र महासचिव कमरेड ईश्वर पोखरेलको नेतृत्वमा कार्यान्वयन गरियो । २०६६ मंसिर १४ गते देशमरीका १५० भन्दा वढि खेलाडीहरू, खेल-कर्मी हरू, तथा खेल-पदाधिकारीहरूको भेलाबाट महासंघको स्थापना गरिएको थियो । नेपाल खेलकुद महासंघको ६५ सदस्यीय केन्द्रीय कमिटीको घोषणा स्वयम पार्टी अध्यक्ष कमरेड झलनाथ खनालले गर्नु भएको थियो । महासंघका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई महासचिव कमरेड ईश्वर पोखरेलले शपथ ग्रहण गराऊनु भएको थियो । यो ऐतिहासिक घटनामा सहभागी वन्न पुगेको एकजना कार्यकर्ता म पनि थिए । संयोग नेकपा एमालेको उक्त जन संगठन को संस्थापक अध्यक्ष हुने अवसर मैले पाए । अहिले सम्म पनि नेपाल खेलकुद महासंघको अध्यक्ष भएर थोरै काम गरि रहेको छु ।
नेपाल खेलकुद महासंघ स्थापनाको यो परिघटना संग जोडिएको अर्को महत्वपूर्ण पक्ष पनि छ । पार्टी वाहीरका मानिस हरूलाई आश्चार्य लाग्न सक्छ । सोही दिन, सोही समयमा तत्कालीन नेकपा एमालेका नेता कमरेड केपी शर्मा ओलीको संरक्षणमा वहा संग नजिक रहेका एमालेकै केही युवाहरूको भेलाले मदन भण्डारी स्पोर्टस एकेडेमी गठन गरेका थिए । नेकपा एमालेको सातौ महाधिवेशन लगत्तै देखी मदन भण्डारी फाउण्डेशनले देशभरी समानान्तर ढंगले पार्टी गतिविधि चलाइरहेको थियो । यसैको खेलकुद शाखाको रूपमा त्यसै दिन मदन भण्डारी स्पोर्ट्स एकेडमी गठन गरियो र यसलाई पार्टीको जनसंगठन नेपाल खेलकुद महासंघको काऊण्टरको रूपमा खडा गराईयो ।
नेपाल खेलकुद महासंघ पार्टीको जन संगठनको रूपमा स्थापना भएपनि पार्टी नेतृत्वको एऊटा पक्षले यसलाई सधै सौतेली व्यवहार गरि रह्यो । त्यो पक्ष पार्टीको जन संगठन भन्दा पनि गैर सरकारी संस्थाको रूपमा दर्ता भएको कमरेड ओली संरक्षित स्पोर्ट्स एकेडेमीलाई सहयोग गर्ने गर्थ्यो र एकेडेमीलाई नै जन संगठनको रूपमा व्यवहार गर्दथ्यो । खास गरी गण्डकी, लुम्बिनी र सेती अञ्चलमा यसलाई संगठित हुन पनि दिइएन । देशका ३० भन्दा वढि जील्लामा पार्टीका जील्ला अध्यक्ष र कतिपय अञ्चल इन्चार्जहरूले नेपाल खेलकुद महासंघलाई जन संगठनको रूपमा स्वीकार गर्न पनि तयार भएनन । महासंघलाई ठाडै अस्वीकार गर्ने अनी महासंघको अस्तित्व समेत स्वीकार नगर्ने तिनै व्यक्तीहरू आज नेपाल खेलकुद महासंघको नाममा समानान्तर कमिटी गठन गर्न लागी परेको देखीदैछ ।
ति व्यक्तीहरूको नेपाल खेलकुद महासंघको नाम संग पनि एलर्जी थियो । आफुलाई कमरेड ओली निकट वताऊने त्यस्ता अञ्चल इन्चार्ज र जील्ला अध्यक्षहरू पार्टी निर्णय र निर्देशनलाई समेत वेवास्ता गर्दथे । उनिहरू नेपाल खेलकुद महासंघलाई जील्लाका भेला र अधिवेशनहरूमा समेत सहभागी गराऊन मान्दैनथे । खेलकुद महासंघका कार्यकर्ताहरूले ति अञ्चल र जिल्लाहरूमा भूमिगत शैलीमा काम गर्नु पर्ने अवस्था थियो । तर गज्जवको कुरा छ । पार्टी संग कुनै साईनो समेत नभएको भदन भण्डारी फाउन्डेसन र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको कार्यक्रममा पार्टीको सम्पूर्ण शक्ती खर्च गर्थे । अझ ति अञ्चल र जिल्लामा नेपाल खेलकुद महासंघको कार्यक्रम राखीएको थाहा पाऊने वित्तीकै उनिहरू त्यसलाई काउण्टर दिन पुरै शक्ती लगाएर आऊने गर्थे ।
यती मात्र होईन । नेकोसको कार्यक्रम भाड्नको लागी उनिहरू पार्टीको पुरै शक्ती प्रयोग गर्थे । नेपाल खेलकुद महासंघ लाई वदनाम गर्न कुनै कसर वाकी राख्दैन थिए । यसरी सवै वाधा विरोध र अड्चनहरूलाई पार गर्दै आफुलाई खडा गरेर आएको संगठन हो नेकोस । नेकोसको प्रसंगमा दुइटा घट्ना मलाई अहिले पनि झलझली याद आऊछ । पहिलो घटना पार्टी स्कुल विभागले गरेको प्रशिक्षण र त्यसको दीक्षान्त समारोह । दोश्रो राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव नियुक्तीमा भएको खेल । दुवै घटनामा एउटा पक्षको रूपमा नेपाल खेलकुद महासंघ थियो । त्यसको अध्यक्षको रूपमा म स्वयम पिडित भएको थिए । पार्टी अध्यक्ष कमरेड केपी ओलीको कोप भोजनको शिकार भएको थिए म ।
२०७२ सालमा पार्टी स्कुल विभागले प्रशिक्षण चलाएको थियो । नेपाल खेलकुद महासंघका ३५ देखी ४५ जना सदस्य हरू प्रशिक्षार्थीको रूपमा सहभागी थिए । एक हप्ताको प्रशिक्षण राम्रो संग चलेको थियो । खेलकुदको विषयमा प्रशिक्षण गर्ने जीम्मा मैले पनि पाएको थिए । प्रशिक्षणमा सहभागिता, निरन्तरता, र अनुशासनको हिसावले पनि प्रशिक्षण सन्तोष जनक थियो । प्रशिक्षण संचालन गरिरहनु भएका कमरेड शंकर पोख्रेल समेत महासंघको भूमीका प्रति सन्तुष्ट देखीनु हुन्थ्यो । प्रशिक्षण सकिए पछि अन्तीम दिन, परिक्षा र दीक्षान्त समारोह थियो । परिक्षामा समेत सवैको परिणाम राम्रो देखीएको थियो । दीक्षान्त समारोहमा दीक्षाको लागी पार्टी अध्यक्ष आऊनु भएको थियो । सवै सहभागी निकै खुशी थिए । कमरेड शंकर पोख्रेलले मन्तव्य राख्दै नेकोसका प्रशिक्षार्थी टिमलाई उत्कृष्ट टिमको रूपमा अध्यक्ष मार्फत प्रमाण पत्र समेत दिनु भएको थियो ।
तर हाम्रो दुर्भाग्य त्यो दिन अध्यक्ष कमरेड केपी शर्मा ओलीले आफ्नो दीक्षान्त भाषणमा कार्यकर्ताहरूलाई उत्साही गर्नु पर्नेमा पानी खन्याऊने काम गरि दिनु भयो । आफ्नो भाषणको आधा समय नेकोसको विरूध्द आफ्नो भडास पोख्ने काम गर्नु भयो । महासंघका नाममा वर्षौको जतिपनी नकारात्मक टिप्पणी र कुण्ठा थियो सवै पोख्नु भयो । अध्यक्षको भाषण कसैलाई पनि चित्त बुझ्दो लागेन । सवै प्रशिक्षार्थीहरू उठेर हिड्न थालेका थिए । अध्यक्ष कमरेडको प्रवचन जारी थियो । ओलम्पिक विरूध्द खनिई रहनु भएको थियो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको प्रसंसा गरिरहनु भएको थियो । यो सवै प्रकरणमा स्वयम शंकर पोख्रेल अनौठो मानेर सुनिरहेका थिए । कार्यक्रम संचालक प्रशिक्षण विभागका सचिव ईश्वरी रिजाल अलमल्ल परिरहेका थिए । मलाई त छटपटी भैरहेको थियो । त्यहावाट कसरी र कहिले भागौ जस्तो भैरहेको थियो । दीक्षाको अन्त भैरहेको थियो । यो दीक्षाको अन्त मेरो लागी एऊटा नकारात्मक शिख थियो ।
अर्को घटना थियो राखेप सदस्य सचिव नियुक्ति प्रकरणमा देखीएको प्रतिकृया । देशमा राखेपका धेरै सदस्य सचिव नियुक्ती भए । स्वयम नेकपा एमालेले पाच जनालाई सदस्य सचिव नियुक्ती गर्यो । २०५१ सालको नियुक्ती वाहेक सवै नियुक्तीहरू पार्टी निर्णय भन्दा पनि मन्त्री या पार्टी नेतृत्वको इच्छामा भएका हुन । म २०७१ सालमा खेलकुद मन्त्री थिएॅ । नेपाल खेलकुद महासंघको अध्यक्ष पनि थिए । मैले पार्टी अध्यक्ष सहित नेताहरूलाई खेलकुदको क्षेत्रमा काम गरिरहेको नेकोसवाटै सदस्य सचिव नियुक्त गर्न प्रस्ताव गरे । अरूले ठिकै मानेको देखीयो । पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेपाल खेलकुद महासंघवाट कुनै हालतमा नहुने कुरा गर्नु भयो र त्यहा पनि स्पोर्ट्स एकेडेमीको दावा गर्न वाकी राख्नु भएन । गज्जब छ यो दुनियाँको लीला पनि । आज उनिहरू सवैलाई नेपाल खेलकुद महासंघको लोगो र नाम चाहिएको छ ।
आज भोली हिजोका घनघोर नेपाल खेलकुद महासंघ संग एलर्जी राख्नेहरू महासंघको समानान्तर कमिटी गठन गर्न लागी परेका देखीन थालेका छन । नेपाल खेलकुद महासंघको झण्डा र लोगोको दुरूपयोग गरेर प्रचार गरिरहेका छन । अनी भनिरहेका छन, उनीहरू नै नेपाल खेलकुद महासंघका हकदार हुन । मदन भण्डारी स्पोर्टस एकेडेमीले उनिहरूको धित मरेको देखिदैन । उनिहरू नेपाल खेलकुद महासंघलाई पनि हडप्न र वरवाद गर्न चहान्छन । यस्को एउटा न्यायिक र संघर्षशिल इतिहासलाई तावेदारीमा वदल्न चहान्छन । तर हामी कुनै हालतमा त्यसो गर्न दिँदैनौ । नेपाल खेलकुद महासंघको खेलप्रेमी र स्वाभिमान चरित्रलाई जोगाई राख्न चहान्छौ । नेपाल खेलकुद महासंघका सम्पूर्ण पदाधिकारी हरू, केन्द्रीय सदस्यहरू र जील्लाका पदाधिकारी तथा सदस्यहरूलाई दृढता पूर्वक महासंघको नेतृत्व र एकताको पक्ष मा संगठित हुन आग्रह गर्दछु । नेपाल खेलकुद महासंघ जिन्दावाद । नेपाली खेलकुद जिन्दावाद ।।।।
लेखक : पुरुषोत्तम पौडेल पुर्व युवा तथा खेलकुद मन्त्री तथा खेलकुद महासंघ को अध्यक्ष,नेकपा एमाले नेता हुनुहुन्छ ।




















