नयाँदिल्ली, २४ बैसाख । भारतमा बिहीबार राति उडिरहेको हवाईजहाजको पांग्रा खसेको छ । नागपुरबाट बिरामी बोकेर उडिरहेका बेला अचानक एउटा पांग्रा खसेको हो । पांग्रा खसेपछि विमान मुम्बईमा सुरक्षित रूपमा आकस्मिक अवतरण गरिएको बीबीसीले जनाएको छ ।

नागपुरबाट दुई चालक, एक बिरामी र उनका आफन्त लिएर उडेको एक बीचक्राप्ट जहाजको उड्नेबित्तिकै पांग्रा खसेको थियो । त्यसपछि पाइलटले आफ्नो क्षमता प्रदर्शन गर्दै राति सवा ९ बजेतिर मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा विमान आकस्मिक अवतरण गराएका हुन् ।

नागरिकपुरका उड्डयनमन्त्री हरदीप सिंह पुरीले त्यो जहाजको तस्बिरसहित ट्वीट गरेर घटनाबारे जानकारी दिएका छन् । एजेन्सी

A Jet Serve Ambulance with a patient onboard lost a wheel during takeoff from Nagpur. Showing immense presence of mind Capt Kesari Singh belly landed the aircraft on foam carpeting in Mumbai. All onboard are safe. Commendable effort by & other agencies.
 
 
Image
 
Image
 
Image
 
Image