पथरी शनिश्चरे, १३ जेठ। मोरङको पथरी शनिश्चरेका १ का २ दाजुभाईले नगरका कोरोना संक्रमितहरुको उपचारमा सहयोग पुर्याउन २० हजार रुपैयाँ प्रदान गरेका छन् ।
पथरी बजारस्थित मंगल ड्रेसेजका सञ्चालक मदन,मनोज अग्रवालले आज नगरपालिका कार्यालयमा उपस्थित भइ नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
नगर अस्पतालमा कोरोना संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन वार्डमा आवश्यक स्वास्थ्य सामग्रीका लागि सो रकम प्रदान भएको दातामध्येका मनोज अग्रवालले बताउनु भयो । विभिन्न संघ संस्था तथा व्यक्तिले आइसोलेसनका लागि यसखाले सहयोग प्रदान गर्ने क्रम अघि बढेको छ ।




















