उत्तरी जर्मनीका दुईवटा अस्पतालमा ८५ बिरामीको हत्या गरेको अभियोगमा एक जना पूर्व पुरुष नर्सलाई बिहीबार अदालतले आजीवन काराबासको सजाय सुनाएको छ।
न्यायाधीश सेवासियन बुहम्यानले नियल्स होजेल नामका ती नर्सले अक्षम्य अपराध गरेको बताएका छन्।होजेल यसअघि नै दुईवटा अन्य हत्याको अभियोगमा काराबास भुक्तान गरिसकेका छन्।
उनले सन् १९९९ देखि २०५५ सम्म आफ्नो हेरचाहमा रहेका बिरामीहरूलाई मुटुरोगसम्बन्धी औषधि ओभरडोज दिने गरेको स्वीकार गरेका छन्।
उनी जर्मनीको आधुनिक इतिहासकै सबैभन्दा कुख्यात हत्यारा साबित भएका छन्। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ।
वकिलहरूले आफ्ना सहकर्मीहरूलाई प्रभावित बनाउन ती बिरामीलाई रोग निको पार्न लागेको भन्दै त्यसरी ओभरडोज दिने गरेको बताएका छन्।



















