काठमाडौं,२५ जेठ ।
डा.महाबिर पुनकाे राष्ट्रिय अविस्कार केन्द्रमा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम गरिएको छ । बागमती प्रदेश एकता समाज दक्षिण कोरिया र लायन्स क्लब अफ काठमाडौ महिमाकाे समेत सहभागीता र सहकार्यमा स्वास्थ्य सामग्रीहरु अक्सिजन सिलिन्डर तथा नगद सहयोग रकम समेत हस्तान्तरण गरेको हो ।
मंगलबार भएको सो स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा एकता समाज दक्षिण कोरियाका अध्यक्ष रबि प्रताप घिसिङ, सल्लाहकार तथा आदिवासी जनजाति महासंघ दक्षिण काेरियाका पुर्ब अध्यक्ष चित्र ब माेक्तान र सस्थापक उपाध्यक्ष यदु गिरि ,रामेछाप सम्पर्क समिती दक्षिण कोरियाको बरिष्ठ उपाध्यक्ष नरेश मोक्तान , निबर्तमान सचिव टङ्क गौतम साथै लायन्स क्लब अफ काठमाडौ महिमाकाे तर्फबाट चाटर प्रेसिडेन्ट तथा लायन बर्ष २०२१/ २०२२ को मनोनीत जाेन चेयर पर्सन गणेश आचार्य नब निर्बाचित अध्यक्ष लायन मीन बहादुर तामाङ र सह सचिब लायन पुरुषोत्तम तिमिल्सिनाको समेत सहभागी रहेकाे थियाे।
तर सो कार्यक्रमा डा. महाबिर पुन भने यस्तो माहामारीमा समेत बाहिरी सेवाकाे भ्रमणमा रहन्नु भएकाे हुदा भेट हुन नपाएको लायन्स क्लब अफ काठमाडौ महिमाका सचिब लायन दाताराम कार्कीले बताए ।





















