कथा उहिलेको हो।एक राज्यका राजा घोडा चढेर कतै गइरहेका थिए।उनका अगाडि पछाडि धेरै मन्त्री र सिपाहीहरु पनि थिए ।चौबाटोको चोकमा एउटा ठूलो आँपको रुख थियोे ।केटाहरू आँप खान झटारो हानी रहेका थिए ।अचानक एउटा सानो झटारोले राजालाई नै लाग्यो।
सिपाहीहरुले ती केटाहरूला समातेर ल्याएर राजाका अगाडि राखे। राजाले मन्त्रीलाई सोधे यिनीहरूलाई के सजाय दिउँ? मन्त्रीले भने दस वर्ष जेल हाल्नुपर्छ।मुख्य सिपाहीले पनि मन्त्रीकै भनाइमा समर्थन गरे। राजाले तल्लो तहका एकजना सिपाही र कर्मचारीलाई छुट्टाछुट्टै सोधे । उनीहरूले भने सरकार !अन्जानमा भएको गलती हो। साधारण सजाय दिएर छोडियोस।
रात परेकोले त्यसै ठाउँमा बास बसे।राती राजा भेष बदलेर घुम्न निस्किएछन। त्यो ठाउँको मन्त्री र त्यहोको ठूलो सिपाही मिलेर एकजना सेठलाइ करोड दिनेभए देउ नत्र राजालाई पोल लगाएर भएपनि तिमीलाई ठीक पार्छौ। राजाले सबै कुरा गोप्यमा नै पत्ता लगाए। भोलिपल्ट बिहान राजाले ति मन्त्री र सिपाहीलाई बोलाए ।सबै कुराहरू बताए ।राजाले आफूसँग आएका मन्त्री लाई सोधे के सजाय दिउँ? मन्त्रीले भने हजुर सरकार यिनीहरू यहाँका ठूला मान्छे हुन।एकपटक गलती गरीहाले। सानोतिनो सजाय दिएर छोडियोस।मुख्य सिपाहीले पनि सही लगाए।
राजाले हिजोकै जसरी गोप्यमा सानो तहका कर्मचारी र सिपाहीलाइ सोधे यिनीहरूलाई के सजाय दिउँ? उनीहरूले भने सरकार यिनीहरूलाई १० वर्ष जेल हाल्नुपर्छ।
अर्को दिन बिहान राजाले कचहरी राखे । राजाले सोधे यी केटाहरूले किन झटारो हानेका ? आँप खान। त्यो आँपको रुखले कति वर्ष देखि झटारो खाँदैछ।तैपनि फूल्न र फल्न छोडेको छैन ।म मान्छे हँ त्यसपछि राजा पनि हुँ।त्यसैले यी केटाहरूलाई बेसरी फलफूल खुवाएर घरमा पुर्याइ देओ। यो मन्त्री र सिपाहीलाई दस वर्ष सम्म जेलमा कोच ।मेरो सवारीमा आउने मन्त्री र सिपाहीलाई पनि पाँच वर्ष सम्म जेलमा कोच। राजाले गोप्यमा सल्लाह लिएका कर्मचारीलाई मुख्य कर्मचारी र सिपाहीलाई मुख्य सिपाही बनाए। म गर्छु सु साशनका कुरा मेरा मान्छेले कु शासनको काम गर्दारहेछ्न भनेर बल्ल राजाले कुराबुझे।




















