पथरी, असार १ गते । बर्खायाममा कृषकलाई चाहिने मलको जोहो गर्न यतिबेला किसानहरू लागिरहेका छन् । धान रोप्ने समय आएसँगै यो चहलपहल बढेको छ । मल कसरी पाउने ? किसान चिन्तित देखिन्छन् ।
सहुदलीय दरमा मल पाउने कुरामा किसानहरूको चिन्ता बढी देखिन्छ । यस्तै उदाहरणीय र अनुकरणीय काम गरेको छ मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ मा रहेको नवप्रतिभा युवा क्लब र माछापुच्छ्रे बैंकको यस क्षेत्रको शाखा कार्यालयले ७० प्रतिशत रेट रहेको जैविक मललाई ३५ प्रतिशत नगरपालिकाको र १५ प्रतिशत नवप्रतिभा युवा क्लबले २० रूपैयाँ प्रतिकिलो दरभाउका हिसावले किसानलाई सहुलीयत दरमा वितरण गरिएको सो क्लबका अध्यक्ष बीरेन गुरूङले जानकारी दिए ।
उक्त मल वितरणमा प्रमुख अतिथि संविधानसभा सदस्य चण्डीप्रसाद राईं र अतिथिस्वरूप वडा नं. ९ वडासदस्य इन्द्रावति गुरूङ रहेको जानकारी माछापुच्छ्रे बैंक शाखा प्रमुख डिल्लीराम भट्टराईंले बताए । झण्डै ३५/४० जना कृषकलाई कृषि प्राविधिक कृष्णचन्द्र महर्जनले उचित जैविक मल प्रालिबाट उत्पादित अर्गानिक मल र मल प्रयोगबारे अभिमुखी गराएका थिए ।
उक्त कार्यक्रमको आयोजनले स्थानीय समुदाय लाभावान्वित भएको कुरा कार्यक्रममा सहभागी कृषक बालकृष्ण कार्कीले जनाए । कार्यक्रमलाई अभियानका रूपमा लामो समयसम्म चलिरहने विषयसम्बन्धी क्लबका अध्यक्ष गुरूङले बताए ।



















