पथरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० का आदिवासी जनजाति, दलित तथा आर्थिक विपन्न ५० जना ज्येष्ठ नागरिकलाई शुक्रबार सम्मान प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रको आयोजनामा वडाको १ लाख रुपैयाँ वजेटमा ८४ वर्षमाथिका ५० जना ज्येष्ठ नागरिकलाई काँसको थाल सहितले सम्मानित गरिएको हो ।
कार्यक्रममा, वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य, ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहाल सहितले उहाँहरुलाई सम्मानित गर्नुभयो ।


