मधुमल्ला,२२ असार । मोरङको मिक्लाजुङ गाउँपालिका स्थित कोइलीदेवी सामुदायिक वन उपभोक्ता समुहले खाद्यान्न वितरण गरेको छ । मिक्लाजुङ गाउँपालिका वार्ड नम्बर ३ मा रहेको सामुदायिक वनको कार्य क्षेत्रका एक सय १० घर परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
सोमबार सामुदायिक वनले एक कार्यक्रमको आयोजनागरि समुहको गरिबी निवारण कार्यक्रम अन्तर्गत अति बिपन्न घर परिवारहरुलाई खाद्यान्न वितरण गरिएको समुहका अध्यक्ष दिनेश पौडेलले जानकारी दिए । प्रत्येक परीवारलाई २५ किलो बराबरको दरको एक एक बोरा चामल वितरण गरिएको अध्यक्ष पौडेलले बताए ।
सामुदायिक वनले वनको बार्षिक कार्ययोजना अनुसार बर्षै पिच्छे गरिबी निवार कार्यक्रम अन्तर्गत बिभिन्न प्रकारका सामाजिक कामहरु गर्दै आएको र यस बर्ष कोरोना भाइरसको दोस्रो लहरका कारण सामुदायिक वन क्षेत्र भित्रका अति बिपन्न परिवारलाई खाद्यान्न सामाग्रीहरुको समस्या देखीएकाले खाद्यान्न वितरण गरिएको अध्यक्ष पौडेलले बताए ।
कोइली सामुदायिक वनमा हाल सात सय उपभोक्ता रहेको र बनले सबै उपभोक्ताहरुलाई उपभोक्ताको अवस्था अनुसार सेवा सुविधाहरु दिदै आएको सामुदायिक बनकी सचिव मनिता तामाङले बताइन । मिक्लाजुङ गाउँपालिका वडा नं. ३ साबीक टाँडी गाबिस क्षेत्रमा पर्ने सो बनले सामुदायमा विद्यार्थीहरुलाइ समेत लक्षित गरेर कार्यक्रमहरु संचालन गर्दै आएको सामुदायिक वनका उपाध्यक्ष बिनोद लिङ्देनले बताए ।
यस बर्ष पनी समुदायिक वनले सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ सम्मका ३ सय जना विद्यार्थीहरुलाई झोला, कापी र कलम साथै सैक्षिक सामाग्रीहरु वितरण गरीएको लिङ्देनले बताए । हाम्रो मधुमल्लाको पेजबाट


