लेटाङ, २२ असार । बन पैद्वावर बेचबिखन गरेकाे जम्मा आम्दानीकाे १० प्रतिशत कर स्थानिय तहमा बुझाउनुपर्ने प्रावधान लाई पालना गर्दै लेटाङ नगरपालिका वडा नं. ४ मा रहेकाे जनसेवा सामुदायिक वन उपभाेक्ता समितीले लेटाङ नगरपालिकालाई जम्मा आम्दानीकाे १० प्रतिशत रकम बुझाएकाे छ ।
मंगलबार लेटाङ नरगपालिकाकाे बैँक खातामा रकम बुझाएपछि भाैचर लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहाललाई उक्त वनका काेषााध्यक्ष भिष्म श्रेष्ठकाे टाेलीले हस्तान्तरण गरेकाे छ ।
जम्मा आम्दानीकाे १० प्रतिशत रकमकाे हुन आउने २ लाख २९ हजार ६ सय पचास रुपैया रकम तिरेर लेटाङमा कर तिर्ने दाेस्राे सामुदायिक वन भएकाे लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशिल बास्ताेलाले जानकारी दिनुभयाे । लेटाङ खबर पेजबाट


