पथरी,२३ असार । मोरङको पथरी शनिश्चरे नगरले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर २ का नमूना लघु उद्यमी समूहका वाख्रा पालक उद्यमीलाई आज ९ वटा ट्रली वितरण गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य निर्मला गदाल, लघु उद्यम विकास शाखा प्रमुख हेमचन्द्र दहाल सहितले नगरपालिका कार्यालयमा ट्रली वितरण गर्नुभयो ।

पुराना उद्यमी स्तरोन्नती कार्यक्रम अन्तर्गत वाख्रा पालक कृषकलाई ट्रली वितरण गरिएको वरिष्ठ उद्यम विकास सहकर्ता सपना काकीले जनाउनु भयो ।