माधव तिमीलाइ कसैले छेक्न सक्दैन.....

✍️ राधाकृष्ण देउजा

नेपालको हित र नेपाली जनताको उन्नतिको झण्डा बोक्दा आफ्नो निम्ती के हुन्छ सोचेनौ !
प्रजातन्त्र स्थापनाको निम्ती आन्दोलनमा होमिन दुख खप्न तयार भयौ, कहिले पनि आफ्नो सुख रोजेनौ !!


जनता जगाई प्रजातन्त्र ल्याउन सफल भयौ २०४७ सालको प्रजातान्त्रिक संविधान बनायौ !
मदन भण्डारी संग मिलेर कम्युनिष्ट पार्टीलाइ जनताको प्यारो साथी हो भनेर चिनायौ !!

तिमि समेतको सक्रियताले कम्युनिष्ट पार्टीलाई जनतामा छिट्टै लोकप्रिय तुल्यायौ !
मदन संग मिलेर लोकप्रिय बनाएको पार्टीलाइ मदनको निधन पश्चात अझै उचाइ दिलायौ !!
मदनको मृत्युको शोकलाइ शक्तिमा बदल्दै पार्टीलाइ अझै धेरै जनमुखी बनायौ !
आफ्नो नेतृत्व हुन्जेल पार्टीलाइ इमान्दारहरुको पार्टीको रुपमा स्थापित गर्दै एमालेलाइ जनताको आफ्नो भनायौ !!

 

कम्युनिष्ट पार्टी लोकप्रिय हुँदै गर्दा अचानक कथित जनयुद्ध सुरु भयो , त्यसबाट पनि पार्टीलाइ जोगायौ !
अनेकन असहजतामा पनि एमालेको संगठन जोगाउन थाहाछैन आफ्नो कति निन्द्रा र चैन भगायौ !!
कथित जनयुद्धको सेरोफेरोमै शाही निरङ्कुशताको अभ्यास सुरु भयो , त्यससंग पनि डटेर लडन छोडेनौ !
अनेकन वाह्य चुनौतीको सामाना गर्दै गर्दा अनेकन आन्तरिक असहयोग भोग्यौ तर पार्टी भित्र एकताको डोरी तोडेनौ !!

 

आफैंले बनाएको विधि विधानलाइ कहिल्यै तोडेनौं , अनेकन आरोप सहेर पनि संवैधानिक परम्परा पालना छोडेनौ !
लामो समय आफ्नो नेतृत्वको पार्टी सत्तामा हुँदा पनि तस्कर र विचौलिया सँग सम्वन्ध कहिल्यै जोडेनौ !!
मुद्दाको आधारमा संघर्ष अनेक संग गर्यौ तर कोहि कसैसंगको निजी सम्वन्ध तोडेनौ !
असहजताको सामाना गर्न तयार भयौ तर आफ्नो प्रतिवद्धतालाइ छोडेर राजनीतिक गाडी मोडेनौ !!

 

भर्खरै मात्रै पनि अनेकन आरोप सहेर , एक्लै हुन तयार भएर पनि संविधानको रक्षाको संघर्षलाइ सफल गरायौ !
चेतनशील सवैले बुझेकै छन कि लोकतन्त्र रक्षार्थ लडाई लडदा न कहिल्यै झुक्यौ त न कहिले डरायौ !!
अनुचित तवरले सत्ता र शक्तीमा पुग्ने लालच न हिजो राख्यौ न आज राखेको छौ !
त्यसैले त लोकतन्त्रवादी सबैको मनको सम्मानित स्थान आज तिमीले नै ढाकेका छौ !!

 

हो आज कतिपयले नियोजित भ्रमको खेति गरेर आफ्नै पार्टीको वैरीको रुपमा तिमिलाइ देखाउन खोजेका छन !
अनि कतिपयले सत्य बुझ्न छोडेर वा बुझपचाएर त्यही भ्रमलाइ नै सत्य मान्ने बाटो रोजेका छन !!
तर तिमीलाइ पनि थाहा छ कि तथ्य अफवाह भन्दा निक्कै वलियो छ , त्यसलाइ स्थापित हुन कसैले रोक्न सक्दैन !
त्यसैले ढुक्क हुनु माधव , एमालेको नीति सिद्धान्तको व्यवहारिक प्रयोग गर्ने तिमिलाइ एमालेमा सफल हुनबाट कसैले छेक्न सक्दैन !!