✍️ सुभाषचन्द्र देवकोटा 

 

संसदमा उभिएर !
जितको ताली बजायौ!
मुख मिठ्यायौ !
*****
तर,
तिमीले जित्दा !
श्रम गर्ने किसानले,
जित्छ कि जित्दैन ?
विभेदमा परेको उत्पीडितले
जित्छ कि जित्दैन ?
देशले जित्छ कि जित्दैन?
******
तिमीले संसदमा उभिएर
जितको भागबन्डा गर्यौ!
खुसी मनायौ!
****
तर!
तिम्रॊ जीतको भागबण्डामा,
रोजगारको ढोका खुल्छ कि खुल्दैन?
जनताको घरमा चुलो बल्छ कि बल्दैन?
गाउँघरमा अस्पताल र स्कुल बन्छ कि बन्दैन ?
******
तिमीले संसदमा उभिएर!
सुशासनले जितेको कुरा गर्यौ !
खुसी मनायौ!
***
तर तिम्रॊ सुशासनमा !
जिउँदै भट्टीमा डंडाइएकाहरूले
न्याय पाउँछन् कि पाउँदैनन् ?
सरकारी सम्पत्ति हड्पेर,
भकारी भर्नेहरू कारबाहीमा पर्छन् कि पर्दैनन्?
कमिसनका पोखरीहरू सुक्छ कि सुक्दैन?
***
तिम्रो जितमा !
जनताले जित्छन कि जित्दैनन् ?
आखिर,देशले के पाउँछ?
*****