✍️ सुभाषचन्द्र देवकोटा 

 

धेरै दिन पछि !
थकित,गलित नायक !
फेरी,घरको बारदलीमा देखा पर्यो!

आफैले घोषणा गरेका गद्धारहरुलाई
आममाफी दिने उद्धघोष गर्यो!
****
यो सुनेर आँगनमा उभिएका! आशामुखीहरुले थपडी बजाए!
*****
फुङ्ग रङ्ग उडेको नायक!
नराम्ररी मुस्कुरायो!
आफैले आफैलाई सोध्यो !
म कहाँबाट कहाँ झरे ?
म को बाट के भए ?
खै, मेरो सान सौगात ?
विगत सम्झियो!
झसंग भयो!
****
चिन्तित !
आडम्बरी र अधीर नायक!
आजकल आफ्नै छाँया
देखेर तर्सिन्छ!
सपनामा बरबराऊछ!
******
सत्ताको आलिसान
सिंहासनबाट झरेको
नायक!
आममाफीको
बल्छीमा ब्यस्त छ!
*****
जीर्ण नायकले
थापेको बल्छीमा!
परेर !
को! को! अमलेख हुने हुन्!
त्यो भने हेर्न बाँकी नै छ!
*****
@नेपाली बृहत शब्दकोष अनुसार आममाफी दिने अधिकार रास्ट्राध्यक्षलाई मात्र हुन्छ!