दास गाथा (लक डाउन कविता-१५ )
 
 
राम- हनुमान!
र श्याम-हनुमान!
जसको हनुमान भए पनि!
दुवैको काम!
मालिक रिझाउनु हो!
मालिकको जय गाउनु हो!
******
हनुमानहरू!
विवेक मन पराउदैनन् !
हनुमानहरू!
सत्य मन पराउदैन् !
हनुमानहरू मात्र!
मालिकको इसरा बुझ्छन्!
मालिकको आदेश मान्छन् !
********
विवेक शून्य हनुमानहरु!
पौरखमा विश्वास गर्दैन्!
बरु हनुमानहरु!
मालिकको आदेशमा!
आफ्नै घरमा आगो झोस्छन् !
अर्काको भकारी फोर्छन् !
*******
हात्ती छाप!
चप्पलको हात्ती जस्तै!
निजत्व गुमाएका!
हनुमान छाप दासहरू!
विवेक बुझ्दैनन,आदेश बुझ्छन् ! सृजना बुझ्दैन् ,विध्वंस बुझ्छन् !
कर्म बुझ्दैनन्,लुट बुझछन्!
जसको नुन खायो!
उसैको गीत गाउँछन्!
****
भविष्य विहिन दासहरू!
रंगमा फरक देखिए पनि!
आखिर,
हात्ती छाप चप्पल जस्तै हुन् !
मालिकको गोडा दैलो भित्र छिरे पछि!
ढोका बाहिरै फ्याकिन्छन् !
******