साउन २४ गते, पथरी । पथरीशनिश्चरे नगर उपमेयर यमुना बिष्ट बास्तोलाले बर्तमान सरकार प्रती आक्रोष पोख्नु भएको छ । ४ तले बिल्डिंगमा बस्ने एसीवाला गाडीमा हिंड्ने मन्त्रीहरुलाइ भूमिहीन गरिबहरुको समस्या के थाहा छ भनेर सरकारप्रती आक्रोश ब्याक्त गर्नु भएको छ ।
देउवा सरकारले खारेज गरेको भूमि आयोगको पूनस्थापनाको माग गर्दै आइतबार मोरङको पथरीमा राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगरकमिटिले विरोध प्रदर्शन गरेको कार्यक्रममा बोल्दै कथित ५ वटा दलको गठबन्धन परमादेश सरकारले भूमि आयोग खारेज गरेर सम्पुर्ण सुकुम्बासीको धनीपुर्जा पाउँने हक अधिकार खोसेको उपप्रमुख विष्टले बताउनु भयो ।
परमादेश सरकारले तत्काल फेरी अर्को भूमि आयोग गठन गरेर स्थानीय तहमा पठाउँछु भन्नु त्यो सम्पूर्ण सुकुम्बासीहरुलाई भ्रममा पार्नु हो, भ्रममा नर्पन आग्रह पनि गर्नु भयो । पथरीशनिश्चरे नगरमा ९ हजार ७ सय ९३ घरपरिवारको भूमिहिन सुकुम्बासी, भूमिहिन दलितहरुको लगत संकलन गरिसकेको र ४ हजार ७ सय ८० को कम्युटरमा डाटा इन्ट्री गरेर पठाई सकेको र नगरमा सुकुम्बासीहरुको धनीपुर्जा वितरणको लागि ७० प्रतिशत काम भईसकेको बताउनु भयो ।
त्यसैगरी युवा संघ नेपाल केन्द्रिय महासचिव रमेश आचार्यले आज पथरीशनिश्चरे नगरका सुकुम्बासीहरु रोइरहेको बताउँर्दै यो भूमि आयोग खारेज गर्ने अधिकार देउवालाई कस्ले दियो भनेर सरकार प्रती प्रश्न गर्नुभयो । आयोगका कर्मचारीहरु हटाएर कथित ५ दलका पार्टी कार्यकर्ता भर्ति गर्न सक्थ्यौं नि, आयोग तत्काल पूनस्थापना गर्न आग्रह गर्दै नगरे देश व्यापि आन्दोलन गर्ने नेता आचार्यले चेतावानी दिनु भयो । वर्षौंदेखि जारी यस समस्याको दिगो समाधान हुने दिशातिर अगाडि बढिरहेको बेला राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग खारेज गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरु, दलित तथा अव्यवस्थित बसोबासीहरुको जमीनको अधिकार सम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको बक्ताहरुले बताउनु भएको थियो ।
कोण सभामा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय उपमहासचिव बिजय डाँगी, सचिव सुनिता कार्की, मनि लुम्फुवा, नविन कार्की नेकपा एमाले प्रदेश सदस्य देवराज भण्डारी, युवराज बास्कोटा यज्ञ, जिल्ला सदस्य भोला अधिकारी, मोहन तुम्बापो, पर्शु मिश्र, भगतचन्द्र थपलीया,नगर उपाध्यक्ष रन्जितकुमार कार्की लगाएत पार्टीका नगरकमिटि नेताहरु उपस्थिती रहेको थियो ।
राष्ट्रिय युवा संघ नेपाल पथरीशनिश्चरे नगरकमिटिका युवाहरुले सरकार बिरुद्द चर्का नारा लगाउदै प्लेकार्ड सहित देउवा सरकार विरुद्ध सुकुम्बासी मारा सरकार मुर्दाबाद, भूमिहीन सुकुम्बासी एक हौं, खारेज गरेको भूमि आयोग फिर्ता गर, र सुकुम्बासीहरुको भूमि खोस्न पाईदैन, परमादेश सरकार चाहिदैंन, जस्ता नाराहरुको प्लेकार्ड हातमा बोकी नारा लगाउँर्दै पथरी बजार परिक्रमा गर्दै विरोध प्रदर्शन विरोध पछि पथरीको लोकतान्त्रीक चोकमा भएको कोण सभा भएको थियो । युवा संघ नगरकमिटिकाे अध्यक्ष किसान राईको अध्यक्षताभएको कार्यक्रमकाे सञ्चालन युवा नेता विराेज मगरले गर्नुभएको थियो ।



















