काठमाडौं,२७ साउन । वरिष्ठ लेखक तथा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले मंगलबारको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्।
संसदमा सम्बोधन गर्ने क्रममा ओलीले गठबन्धन सरकार तथा उसले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको व्यापक आलोचना गरेका थिए। दुईदुईपटक असंवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेका ओलीले मंगलबार पुनस्र्थापित संसदमा पहिलोपटक सम्बोधन गरेका हुन्।

आफूले चालेका असंवैधानिक कदमप्रति आत्माआलोचना नगरेको भन्दै कतिपयले ओलीको आलोचना गरिरहँदा लेखक संग्रौलाले ओलीलाई दुच्छरको संज्ञा दिएका छन्।
‘नामै लिँदा दिगमिग लाग्ने यी महामानव संसदको मण्डपमा उभिएर बोल्दा मनमा झ्याट्ट दुई कुरा उठे,’ संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘दुच्छरको कहिल्यै सोमत हुँदैन, दुष्ट्याइँको कतै ओखती हुँदैन।’
’नेपाल खबर बाट



















