✍️ पुरूषोत्तम पौडेल

प्राय मानिसहरू सामन्ती चिन्तनले ग्रस्त छन । आफुलाई घघडान कम्युनिष्ट नेता ठान्नेहरूको व्यवहारमा सामन्ती चिन्तन अझ वढि देखिन थालेको छ । आफुलाई सवै भन्दा माथी राख्ने, आफैलाई उच्च र महान ठानेर अरू सवैलाई आफु भन्दा कमजोर र दीनहीन ठान्ने चिन्तन वढ्दै गएको छ । आफु मात्र सक्षम, आफु मात्र दक्ष र सवै कामको हकदार, जीम्वेवार र हुकुमदार पनी आफैलाई ठान्ने विचार सामान्यतया सामन्ती विचार हो । यस्तो खाले दुषित विचार प्रविर्तीले अहिले नेपाली कम्युनिष्ट आन्दोलनलाई रसातल तर्फ लगी रहेको छ ।

भनिन्छ " एक जङ्गल मे दो शेर नहि रह सकता " । आजकल एऊटै चिडियाखानामा कयौ शेरहरू पालेर राख्ने गरिन्छ । नेकपाले त एउटै पार्टीमा डवल पाइलट पालेर राखेको थियो । डवल पाइलट अर्थात दुई जना अध्यक्ष । दुई जना अध्यक्ष भएपछि पहिलो अध्यक्ष वढि जीम्मेवार हुन्छ नै । उसले अर्को अध्यक्षलाई ठिक ढंगले साध्नु पर्ने हुन्छ । कथं हवाईजहाज विचैमा दायावाया भएमा मूल पाइलट दोषी हुनु स्वभाविक हुन्छ । तर हाम्रा मूल पाइलट चाही सवै दोष अरूलाई थोपरेर भाग्न सफल भएका छन ।

फेरी पनि भूतपूर्व मूल पाइलट अडानमा दृढनिस्चयी छन । आफ्नो कुरामा टिकीरहन खप्पीस छन । आफ्नो कुरा मज्जा संग राख्न सक्छन । उखान टुक्का सहितको वाक पटुतामा उनको जोडा छैन । गलतलाई ठिक वनाऊन सक्छन । आफुले वोलेको कुरालाई नै ठिक वनाएर श्रोताहरूलाई लट्टु पार्न सक्छन । आफ्नो रमाईलो प्रस्तुतिले दुनियालाई लठ्ठयाई राख्न पनि सक्छन । यो नै सम्पूर्ण भने होईन । एकल कलाकारिता कम्युनिष्ट पार्टीमा सम्पूर्ण होईन । समग्रमा परिणाम आउन सकेन भने सवै हावामा उडेर जान्छ । त्यही भयो पनी ।

कमरेड ओली माओवादी जगजगीको वेलामा त्यसको विपक्षमा खडा भए । हिंसाको विरूध्द दरो अडान लीए । पहिलो पटक प्रधानमन्त्री हुदा नाकावन्दी हटाऊन अड्डी लिएर वसे । चिन संग पारवहन सम्झौता गरे । अहिले सरकारमा आएर लिपीयाधुरा-लीपुलेक र कालापानी समेत जोडेर चुच्चे नक्सा छपाउने ऑट गरे । उनका सकारात्मक कर्मकाण्डहरू यीनै हुन । यसले मात्र सफलताको मापन गर्दैन । वरू साढे तिन वर्षमा पार्टी र सरकारको नेतृत्वमा वसेर पार्टी र सरकारलाई कहा पुर्याए । यसलाई समीक्षाको मूल विषय वनाएर मुल्यांकन गर्दा उचित हुन्छ होला ।

अडानमा टिकी रहेर मात्र अर्थ राख्दो रहेनछ । आफ्नो कुरालाई सहि सावीत गर्न तर्क गरेर मात्र पनि पुग्दो रहेनछ । सत्य सावीत गर्न तथ्यको आवस्यकता पर्दछ । तथ्यले सावित गर्न सकेन भने अर्थ हुदैन । तर उनी आफ्नो कमजोरी स्वीकार गर्न तयार छैनन । यो उनको जेल वस्दा देखिकै प्रविर्ती हो । अहिले पनि उनले दुई तिहाइ वहुमतको सरकार चलाऊने त कुरै नगरौ । टिकाई राख्न पनि सकेनन । देशको ठुलो कम्युनिष्ट पार्टीलाई नेतृत्व गर्न नसकेर चरम विवाद र विभाजनको भुमरीमा डुबाइ दिए । नेपाली जनताको आशा र विश्वासलाई माटोमा मिलाई दिए । जनताको सम्पूर्ण सपनालाई आखै अगाडी ध्वस्त पारी दिए । फेरी पनी ओली अरूको पद खाई दिन तयार भए तर आफु पद छोड्ने कुरा गर्दैनन । लाग्छ पार्टी, सरकार सवै सकिए पनि उनी पद मै टासिई रहन्छन ।

कमरेड ओली अरू कसैको अस्तित्व स्वीकार गर्दैनन । आफु वाहेक सवैलाई अयोग्य देख्छन । २०७१ सालमा पार्टीको अध्यक्ष भएका ओली पार्टीलाई सत्तामा पुर्याऊने कारक आफु मात्र भएको दावी गर्छन । उनको सवभन्दा ठुलो कमजोरी नै यही अहंकार हो । आफ्नो कमजोरी कहिल्यै स्वीकार नगर्नु उनको विशेषता हो । उनी सवै जस आफ्नो भागमा राखेर अपजस जती माधव नेपाल र झलनाथ खनाल वा अरू कसैतिर पठाई दिन्छन । लाग्छ, उनी दुधले नुहाएर आएका छन । पार्टीलाई वरवाद पार्ने उनी होईनन, अरू कोही छन ।

नेकपा एमालेको ईतिहास हेर्दा २०३२ देखि २०३९ साल सम्म कमरेड सिपी मैनालीले नेतृत्व गरे । २०३९ देखी २०४४ साल सम्म कमरेड झलनाथ खनालले र २०४४ सालको चौथो महाधिवेशन पछि २०५१ साल सम्म जननेता मदन भण्डारी ले नेतृत्व गरेको देखिन्छ । २०५१ देखी २०६४ साल सम्म कमरेड माधव कुमार नेपालले पार्टीको नेतृत्व गरेका हुन । यस विचमा भएका छैठौ र सातौ महाधिवेशनवाट महासचिव निर्वाचित भएर काम गरेका हुन । २०६५ सालमा भएको आठौ महाधिवेशनवाट कमरेड झलनाथ खनाल अध्यक्ष चुनीनु भयो र २०७१ सालसम्म पार्टीको नेतृत्व गर्नु भयो । २०७१ साल को नवौ महाधिवेशनवाट कमरेड केपी ओली अध्यक्ष हुनुभएको हो ।

कमरेड झलनाथ खनाल नेकपा माले र नेकपा एमालेलाई कठिन घडीमा नेतृत्व गरेर नया जीवन दिन सफल नेता हुन । उनले २०३९ सालमा चरम अन्तरसंघर्ष र महावहसवाट उतारेर जनपक्षिय अभियान मार्फत पार्टीलाई लोकप्रीय वनाएका हुन । २०५९ सालको शाही कदमले अन्योल ग्रस्त वनाएको पार्टीलाई नेतृत्व दिएर आन्दोलनको वाटो देखाए भने २०६४ सालको संविधान सभाको चुनावमा तेश्रो भएको पार्टीलाई २०७० को संविधान सभा चुनावको नेतृत्व गर्दै ९२ सिट सहित दोश्रो ठुलो पार्टीको रूपमा स्थापीत गरेका हुन । पार्टी अध्यक्ष र संसदीय दलको नेता भएर पनि क, माधव नेपाललाई प्रधानमन्त्री वनाऊन प्रस्ताव गर्ने नेता पनि हुन । उनको सामुहिक नेतृत्वमा विश्वास गर्ने स्वभावले मात्र यस्तो सम्भव भएको थियो ।

माधव नेपाल २०५१ साल देखी २०६४ साल सम्म नेकपा एमालेको महासचिव भए । जननेता मदन भण्डारीको हत्या पछि उनी पार्टीको नेतृत्वमा आएका हुन । उनले शोकलाई शक्तिमा वदल्ने नारा दिएर पार्टीलाई पुनर्गठन गर्ने अभियान चलाए । पार्टी शोकबाट उठ्दै गर्दा २०५१ सालको मध्यावधीको निर्वाचन भयो । निर्वाचनमा नेकपा एमाले संसदमा सवभन्दा ठुलो पार्टीको रूपमा स्थापित भयो । कमरेड मनमोहन अधिकारीको नेतृत्वमा आज सम्मकै सवभन्दा लोकप्रीय सरकार वन्यो । उनकै नेतृत्वमा २०५४ सालमा भएको स्थानिय निर्वाचनमा आधा भन्दा वढि स्थानीय निकायहरूमा नेकपा एमाले विजयी भएको थियो ।

दुर्भाग्य २०५४ सालको छैठौ महाधिवेशनको हालवाटै पार्टी विभाजित भयो । २०५६ को निर्वाचनको परिणाम पछि एमाले पुन एकिकृत भयो । २०५९ सालको शाही कदम पछि पार्टीलाई गणतन्त्रको दिशामा लाने निर्णय गरेर आन्दोलनको नेतृत्व उनैले गरेका हुन । २०६४ को संविधानसभाको चुनावमा पार्टीको कमजोर उपस्थीती भएपछि उनले महासचिव पदवाट राजीनामा दिएका हुन । कमरेड झलनाथ खनालको प्रस्तावमा २०६६ सालमा कमरेड माधव नेपाल देशको प्रधानमन्त्री भए । सरकार संचालनको सवालमा पार्टी संग अन्तरविरोध वढेपछि प्रधानमन्त्री पदवाट समेत राजीनामा दिए ।

२०६७ सालमा नेकपा माओवादीको समर्थनमा कमरेड झलनाथ खनाल प्रधानमन्त्री भएका हुन । कमरेड ओली सहित पार्टी भित्रको लगातार विरोध र असन्तुष्टीका कारण उनले राजीनामा गरे । यसले एमाले भित्र आन्तरिक अन्तर्विरोध अरू चर्कायो । पार्टी अध्यक्ष भएर पनि अल्पमतमा रहेका कमरेड खनाललाई काम गर्ने वातावरण भएन । लगत्तै २०७० को दोश्रो संविधान सभाको चुनाव भयो । यहि चुनावमा नेकपा एमाले ३३ सिट वाट ९२ सिट जित्न सफल भएको हो । २०७४ को निर्वाचनमा पनि एमाले ८० सिट सहित ठुलो दल मात्र भएको हो । माओवादी संगको एकताले मात्र वहुमतमा पुगेको हो । विषयलाई जे हो, त्यही रूपमा वुझे मात्र सहि ठाऊमा पुगिन्छ ।

अहिले इतिहासलाई इन्कार गर्ने र आफुलाई यथार्थ भन्दा माथी राख्ने काम भैरहेको छ । देश हित र राजनितीलाई सहि दिशा दिनको लागी ईतिहासमा जनताको भूमिका र अरूको अस्तित्वलाई स्वीकार गर्न सक्नु पर्दछ । मेरो ठम्याईमा मुल जरो ठिक भए सम्म रूख ढल्दैन । गुभो अर्थात मुल पाऊला ठिक रहे सम्म रूखमा धोद्रो पस्दैन । आज नेकपा एमालेको अवस्था ठिक छैन । यसको दोष पार्टीको मूल नेतृत्वले लिनु पर्दछ । नेतृत्वले जस जती सवै आफुले लिएर अपजस जती अरूको भाग लगाएर भाग्न पाऊदैन । जो जती ठुलो पदमा छ । जस अपजसको भाग त्यसै अनुसार लाग्नु पर्दछ ।

महाभारतको कथा अनुसार शिशुपालको मृत्यु श्रीकृष्णको हातमा थियो । शिशुपालकी आमाले आफ्नो छोरालाई मृत्यु नदिन आग्रह गरिन । श्रीकृष्णले शिशुपालका ९९ अपराध सम्म माफी दिने आश्वासन दिए । अपराध संख्या १०० नाघेपछि मृत्युदण्डको भागी हुने कुरा निस्चित थियो । ईन्द्रप्रस्तमा युवराज युधिष्ठिरको राज्याभिषेक चली रहेको थियो । त्यहा शिसु पाल अतिथि भएर पुगेका थिए । उनी प्रमुख अतिथि श्रीकृष्णका विरूध्द निर्लज्ज गाली वेईज्जतीमा उत्रीए । जव उनको अपराधले १०० नाघ्यो श्रीकृष्णले शिशु पालको वध गरि दिए ।

नेकपा एमालेको इतिहासमा कमरेड माधव नेपालका थुप्रै कमजोरी होलान । कमरेड झलनाथ खनालले पनि कमजोरी गरेका होलान । अहिलेकै शन्दर्भमा पनि अलीकती सहेर वसेको भए हुन्थ्यो भन्ने लाग्न सक्छ । कमरेड ओलीले पार्टीको सवै झ्याल ढोका वन्द गरेर वाहीर लखेटे पनि देउवालाई समर्थन गर्नु चाही हुदैनथ्यो भन्ने लागी रहेको छ । तर मान्छेहरू कमरेड ओलीले दुई तिहाइको पार्टीलाई अल्पमतमा ल्याएको, दुई दुई पटक देशको संसद विघटन गरिदिएको र सवैलाई वाहिर निकालेर पार्टीतिर हेर्न समेत नदिएको कुरा वुझ्न खोजी रहेका छैनन । भनिन्छ सवै झ्याल ढोका र खड्प्वाल समेत वन्द गरिदिए पछि विरालोले किलकिलेमा समात्छ रे । माधव नेपालहरूको फ्लोर क्रसलाई त्यसैगरी वुझ्नु पर्ने होकी ?

पहिलो संसद विघटन असंवैधानीक ठहर भयो । संसदमा विश्वासको मतमा पनि पराजीत भए । फेरीपनि कमरेड ओलीले कमजोरी स्वीकार गरेर सत्ता हस्तान्तरण गरेनन । संविधानको ७६ (३) अनुसार प्रधानमन्त्रीको नियुक्ती लिए । विश्वासको मत लीने ऑट गरेनन । गुटकै स्वार्थमा दोश्रो पटक संसद विघटन गरी दिए । संसदमा विश्वासको मतमा अस्वीकृत भएको पदमुक्त व्यक्ती कसरी पुनः प्रधानमन्त्री हुन्छ सक्थ्यो ? उनैले संसदमा विश्वास जीत्न सक्दिन भन्दै दोश्रो पटक पनि संसद विघटन गर्ने कुरा कसरी सहि ठहर्न सक्छ ? सवभन्दा महत्वपूर्ण कुरा यो हो ।

अझ संक्रमण कालका केही महिना प्रधानमन्त्री भएका झलनाथ र माधवनेपालको समयलाई चार वर्ष एकलौटी सरकार चलाएका ओली संग कसरी दाजेर हेर्न मिल्ला र ? संसदको वहुमत आफु संग हुदा हुदै पार्टी जोगाऊन प्रधानमन्त्री पद छोडेका कमरेड माधव र झलनाथले जस्तो नैतिकता देखाऊनु सट्टा पुरै पार्टी ध्वस्त हुदा पनि पदमा टासिई रहेर तुलना गर्न कसरी मिल्ला र ? पहिले र अहिले पनि एमालेमा ओली वाहेक अरू कसैलाई प्रधानमन्त्री वनाएर सहज निकास दिन सकिन्थ्यो । तर त्यतातीर ओलीटिक्सको गन्तव्य किन गएन ? केवल कुर्सीमा टासिई रहने राजनितीले देश,जनता र पार्टी कसैको पनि हित गरेन । अती भएकोले खती भैरहेको छ ।

भएको यही हो । अझै समय छ । कम्युनिष्ट पार्टी विचारको आधारमा चल्ने पार्टी हो । पार्टी कमिटीको सामुहिक निर्णयको आधारमा चल्ने पार्टी हो । एमालेमा कमरेड झलनाथ निती र विचारका आधारमा नेता भएका हुन । कमरेड माधव कुमार नेपाल संगठन, संयोजन र मेहनतका आधारमा नेता भएका हुन । कमरेड केपी ओली झापा आन्दोलनको लिगेसी, वाक- पटुता तथा 'ओलीट्रीक्स' का आधारमा नेता भएका हुन । तिनै जनाको कलाको आ-आफ्नो ठाऊमा छुट्टा छुट्टै महत्व छ । संयोजन गर्न सकेको भए निकै राम्रो हुने थियो ।

तिनै जनाको व्यक्तित्व र कला संयोजन गरेर नमुना पार्टी वनाऊन सक्दा झन राम्रो हुनेथियो । सवैले एउटा उचाइ पार गरि सकेका छन । उमेरले पनि अव केही राम्रो काम गरेर विदा लिने वेला भैसकेको छ । आफ्नो पार्टिलाई एकतावध्द वनाऊन विकल्प दिएर अघि वढ्ने वाटो खोली दिदा पनि कुनै नोक्सानी हुने थिएन । कमरेड पुष्पलाल पदमा नभए पनि सम्मानीत नेता भएर जानु भयो । हामीले पनी थोरै लचकताका साथ प्रस्तुत भएर राजनितीको कोर्स करेक्सन गर्न सक्दा अझै राम्रो हुन्छ । एकपटक यता पनि ध्यान दिने की ???