✍️ बद्री अर्याल 

गछिया,४ पुस । निशुल्क ट्युशन " कलमअभियान "लाई नेकपा एकिकृत समाजवादी सुन्दरहरैँचा नगर कमिटीले सहयोग गरेको छ । आइतबार नेकपा एकिकृत समाजवादी सुन्दरहरैँचा नगर कमिटीका अध्यक्ष महेश आचार्यको नेतृत्वमा गएको टोलीले सैक्षिक सामाग्रीहरु सहयोग गरेको हो ।

सुन्दरहरैँचा स्थित ३ नम्बर वडाको आइतवारेमा रहेको जनता आधारभूत विधालयमा संचालित निशुल्क ट्युशन तथा " कलमअभियान "माअध्यनरत विधार्थीहरुलाई कपी,कलम सहयोग गर्नुका साथै राेजाई मन्टेश्वरी स्कुल हरैचामाेडका प्रिन्सिपल तथा नगर अध्यक्ष महेश आचार्यले १/१ थान ट्र्याकसुट र ५ थान टि सर्ट सहयोग गरेका छन ।

त्यसैगरी सुन्दरहरैँचा १० मा रहेको हिमालय इंगलिस बाेर्डिङ स्कुलका प्रिन्सिपल तथा नगर सहसचिव कमल खनालले १/१ थान ट्र्याकसुट र ५ थान टि सर्ट उपलब्ध गराउने प्रतिबद्दता गरेका छन । सो कार्यक्रममा नेकपा एकिकृत समाजवादी नगर कमिटीका उपाध्यक्ष सुरेश कुमार श्रेष्ठ , सचिव साईमन रेग्मी लगायतको उपस्थिती रहेको थियो ।

करीव २ महिना अघी देखी संचालन हुदै आएको सो अभियानमा ५० जना भन्दा बढी बिधार्थिहरुलाई स्थानीय युवा समाजसेवी तथा अभियन्ता तिलक परियारले नि:शुल्क रुपमा पठन पाठन गराउदै आएका छन ।