बिराटचोक,२५ फागुन । मोरङको सुन्दरहरैचा १० स्थित त्रीवेणी चोकमा रहेको हिमालय इङलिस स्कुलमा डान्सिङ आइडल २०७८ शुरु भएको छ ।
बिद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत सो डान्सिङ आइडल शुरु गरीएको प्रीन्सिपल कमल खनालले बताए ।

आफ्नो अध्यनको संग संगै आफुभित्र भएको प्रतिभालाई प्रस्तुत गर्न सकुन भन्ने उदेश्यका साथ बुधबार देखी सो प्रतियोगिता शुरु गरिएको प्रीन्सिपल खनालले बताए ।

आइडलको पहिलो चरणबाट ७० जना बिद्यार्थीहरु छनोट भएका मध्ये बाट डान्सिङ आइडल छ्नौट हुने र फाइनल २०७९ सालको बैशाख मा हुने प्रीन्सिपल खनालले बताए । आइडलमा सहभागी विधार्थीहरुलाई जीवन चौधरीले तालिम दिदै आएका छन भने निर्णायकको रुपमा प्रविसा तामाङ रहेकी छिन ।

२०७२ सालमा स्थापना भइ कक्षा ५ सम्म पढाइ भइरहेको सो बिधालयमा हाल ३ सय भन्दा बढी बिधार्थीहरुले अध्यन गरीरहेका छन । स्थापना कालको छोटो समयमा नै गुणस्तरीय शिक्षा प्रदान गरेर चर्चा कमाउन सफल बिधालयले हरेक महिना अभिभावक बैठक समेत राख्ने गरेको प्रीन्सिपल कमल खनालले बताए ।