मोरङ २९ फागुन । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा मोरङ प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।यही फागुन २७ गते सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरमा बालिकामाथि भएको उक्त घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी पक्राउ परेका हुन् ।

आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको हो ।पीडितलाई नजिकबाट चिनेका दुवैजनाले घरबाट नजिकैको झाडीमा लगेर घटना गराएको एसपी जनार्दन जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनामा संलग्नलाई १२ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भयो ।

”पक्राउ परेका दुवैजना लागुऔषध प्रयोगकर्ता भएको प्रहरीले जनाएको छ । उनीहरू दुवैजनाले बलात्कारपछि बालिकाको टाउकोमा ढुंगा र बियरको बोतलले प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरूविरुद्ध अनुसन्धानका लागि आजै अदालतबाट म्याद थप भएको छ । अजय दुई वर्षअघि बालिका अपहरण गरेको घटनामा संलग्न रहेको खुलेको छ । उनी कैद भुक्तान गरी गएको मंसिरमा मात्र छुटेका थिए ।