विराटनगर,५ साउन । सिभिल बैंकका ग्राहकहरुले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकका प्रदेश नं १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १०% छुट पाउने व्यवस्था छ । बैंकले सात लाख भन्दा बढी ग्राहकहरुलाई १ सय १५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।




















