बिर्तामोड,६ साउन । झापाबाट पुर्व फुटबलर चेक बाउन्स प्रकरणमा पक्राउ परेका छन् । सुरुङ्गाका दिलकुमार कार्कीलाई प्रहरीले बिहिबार सुरुङ्गा बजारबाट पक्राउ गरेको हो । कार्की पूर्व राष्ट्रिय फुुटबल खेलाडीसमेत हुन् ।
फुटबलका गतिविधिमै सक्रिय रहेका कार्कीले आफ्नै खर्चमा खेलाडीलाई तालिम, खेल सामग्री खरिद र खेल खेल्न प्रायोजन समेत गर्दै आएका थिए । उनलाई बैङ्कमा रकम नभएको चेक दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
अदालतले कार्कीलाई चेक बाउन्सको मुुद्दामा एक वर्ष कैद र एक हजार जरिबानाको सजाय सुनाएको छ भने बिगो १० लाख रुपैयाँ रहेको छ । सुरुङ्गाकै मीनकुुमार प्रधानले कार्कीविरुद्ध चेक बाउन्सको मुद्दा दर्ता गरेका थिए ।




















