काठमाडौं,१० साउन । काठमाडौंको पशुपतिबाट रोशनी शाहीलाई प्रहरीले पक्राउ गरेको छ । पशुपतिमा आयोजित ‘अतिरुद्र महायज्ञ’ मा पुगेर होहल्ला गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सिद्धबाबा भनिने कृष्ण गिरी बलात्कार आरोपी रहेको र उनबाट आयोजित महायज्ञको विरोध गर्दै होहल्ला गर्न थालेपछि प्रहरीले जनाएको जनाएको छ ।
आफ्नै अनुयायीलाई बलात्कारको आरोप लागेका सिद्धबाबाले अहिले पशुपतिनाथ क्षेत्रमा महायज्ञ गरिरहेका छन् ।
उनलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।




















