विराटनगर,१२ साउन । अब बिराटनगरबाट पनि सवारी चालक अनुमतिपत्र को लिखित र प्रयोगात्मक परीक्षा दिन पाइने भएको छ ।
प्रदेश १ यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था कार्यालयले विराटनगरबाट लाइसेन्स र ट्रायल दिन मिल्ने गरी सेवा सुरु भएको ।
साउन ११ गते बेलुकादेखि विराटनगर यातायात व्यवस्था कार्यालय अन्तर्गत सेवाग्राहीले अनलाइन फाराम भर्नेगरी सेवा सञ्चालनमा आएको यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख अनमोलमणी भट्टराईले जानकारी दिएका छन् ।
प्रदेश १ मा इटहरीपछि झापाको बिर्तामोड, इलाम, धनकुटा र उदयपुरबाट ट्रायल दिने व्यवस्था छ ।




















