काठमाडौं,१३ साउन । काठमाडौंमा एउटा राँगोले वितण्डा मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले राँगो मारेको हो ।

चन्द्रागिरी नगरपालिका- ४ स्थित गोदामचौरमा राँगोले आतंक मच्चाएपछि प्रहरीले आज बिहान साढे ७ बजेतिर एक राउन्ड गोली हानी राँगो मारेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले बताए ।

मानवीय क्षति नभएको उनले बताए ।