काठमाडौं,१६ साउन । नेपाल वायुसेवा निगमका निलम्बित कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको अख्तियार स्रोतले दृष्टिलाई जानकारी दिएको छ । स्रोतका अनुसार निगमले विभिन्न विदेशी कम्पनीहरूसँग गरेको ठेक्का सम्झौताबाट आउने कमिशन जम्मा गर्न अष्टे«लियाको एउटा बैंकमा खाता खोलेको कुरालाई अख्तियारले बढी ध्यान दिएको छ ।
स्रोतका अनुसार सबै ठेक्का सेटिङमा दिएको हुँदा ठूलो रकम कमिशन जम्मा गर्न अष्ट्रेलियाको वेष्ट प्याक बैंकमा खाता खोलिएको हो । जनता सेवा प्रालिको नाममा वेष्ट प्याक बैंक अष्ट्रेलियामा खोलिएको उक्त बैंकको खाता नं. ९७९३२० हो ।
उक्त खातामा टर्कीको एचआईटिआईटी कम्पनीसँग पाँच वर्षका लागि अमेरिकन डलर ४१ लाख ४४ हजार ४६४.४३ मा (पीएसएस) प्यासेन्जर सर्भिस सिस्टमको सम्झौता गरिएको थियो । निगम स्रोतका अनुसार अधिकारीले सन् २०२१ मार्च २१ ताखेरमा ४० मिलियन अमेरिकी डलरमा इजरायलको एरो स्पेस भन्ने कम्पनीलाई ईन्जिन मर्मतको ठेक्का दिएका थिए । यसबाट आउने कमिसन जम्मा गर्न अधिकारीले वेष्ट प्याक बैंक अष्ट्रेलियामा ईस्टन मनी नेपाल प्रा.लिको नाममा अर्को खाता खोलेका छन् । जसको खाता नं. ०३२०५५ हो ।
दृष्टिबाट



















