बेलबारी,२२ साउन । मोरङको बेलबारी नगरपालिकाको कार्यपालिका सदस्य विजय तोलाङ्गीलाई एक जना महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । मोरङको उर्लाबारी घर भएकी २४ वर्षीय महिलालाई तोलाङ्गीले जबरजस्ती करणी गरेको आरोप लागेको हो ।

बिराटनगरको एक अस्पतालमा कार्यरत ति युवतीले १८ गते केराबारीको जेफालेमा लगेर आफुलाई तोलांगीले बलात्कार गरेको भन्दै शनिबार  ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरीमा दिएका हुन् ।

इप्रका बेलबारीमा उजुरी दर्ता भएपछि फोन अफ गरी  फरार भएका पिडक भनिएका तोलाङ्गीको खोजी भईरहेको ईलाका प्रहरी कार्यलय बेलबारीका ईन्स्पेक्टर खगेन्द्र धमलाले जानकारी दिएका छन ।

प्रहरीमा उजुरी आएपछि अहिले अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । ‘अहिले उजुरी आएको छ,’ एसपी कोइरालाले भने, ‘घटनाको विषयमा हामीले अनुसन्धान सुरु गरेका छौँ ।’ प्रहरीले ती किशोरीको मेडिकल पनि गराइसकेको छ ।

तोलाङ्गी नेपाली काँग्रेसको तर्फबाट दलित कोटा मार्फत बेलबारी नगर कार्यपालिका सदस्य नियुक्त भएका हुन । उनी नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि समेत हुन ।