बिराटचोक,८ भदौ । नेपाल जेसीजको क्षेत्र क सम्मेलन सुन्दरहर्रैँचामा हुने भएको छ । इन्द्रपुर जेसीजको आयोजनामा भदौ १७ र १८ गते सम्मेलन हुने भएको हो ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सम्मेलनको उदघाटन हुने शाखाका अध्यक्ष भवानी ढकालले जानकारी दिए ।

इन्द्रपुर जेसीजको आतिथ्यतामा ४३ वटा शाखाका करिब ७ सय प्रतिनिधिहरुको सहभागिता हुने भएको छ । सम्मेलन दुई दिनसम्म सञ्चालन हुनेछ ।