काठमाडौ । बेपत्ता चोक । राज्यले द्वन्दको समयमा राज्य तथा गैर राज्य पक्षबाट बेपत्ता पारिएकाहरुको सम्झनामा ना. न. पा. ६ स्थित काडा चौरमा बेपत्ता चोक निर्माण गर्यो । तर अहिले उक्त बेपत्ता चोक नै बेपत्ता भएको छ । चोकका रेलिङ पनि बेपत्ता छ ।

चोकमा भएका सोलर पाता अनि बत्ती पनि बेपत्ता भएका छन् । कसले चोरी गर्यो राज्यका निकायलाई कुनै खोजी छैन । बनाएको केही समयपछि योपनि बेवारिसे भयो । राज्यले जसरी बेपत्ता पारिएकाहरुको खोजी गर्ने कार्यलाई बेवारिसे बनाएको छ ।