विराटचोक,१६ असोज । सुन्दरहरैँचा साइकल राइडर्स क्लबले स्वास्थ्यको लागि पाइडल भन्ने नारा सहित साइकिलिङ यात्रा शुरु गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिकामा रहेको क्लबका ६ जना सदस्यले विराटचौकबाट काठमाण्डौ सम्मको यात्रा शुरु गरेका हुन । आइतबार सुन्दरहरैचा नगरपालिकाले साइकल यात्री ६ जनलाई नगरपालिकाको गेटबाट सफल यात्राको शुभकामना दिदै विदाई हो ।

नगरको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि स्वास्थ्यका लागि पाइडल नारा लिएर यात्रा शुरु गरिएको राइडर्स क्लबका अध्यक्ष खेमराज दाहालले बताए ।

क्लबका अध्यक्ष दाहाल सहित पारस ढुंगेल, रविन विष्ट, यादव भट्टराई लगायतको समुहले यात्रा शुरु गरेको हो । आइतबार बिहान नगरप्रमुख केदारप्रसाद गुरगाई, र  नेकपा एमालेका युवा नेता  रामकृष्ण खड्का लगायतले साइकिल  यात्रीहरुलाई विदाई गरेका थिए ।