एजेन्सी । कुनै पनि सामग्री मर्मत गर्दा खरिद दरभन्दा कमै खर्च आउँछ । सामग्रीको कूल मूल्यभन्दा बढी मर्मत खर्च आउने अवस्थामा नयाँ सामग्री किन्ने गरिन्छ ।
तर भारतको बेंगलुरुका अनिरुद्र गणेशले १७ लाखमा किनेको कार मर्मत गर्दा ३५ लाख रुपैयाँ खर्च गर्नुपर्ने भएको छ ।
हालै भएको मुसलधारे वर्षामा भिजेर बिग्रिएको कार मर्मतका लागि अनिरुद्रले ग्यारेजमा दिएका थिए । केही दिनपछि ग्यारेजमा गएर बुझ्दा कार मर्मतको खर्च ३५ लाख रुपैयाँ आएको थाहा भयो ।
यसरी अचाक्ली मर्मत खर्च लागेपछि अनिरुद्रले कार कम्पनीमा गुनासो राखे । त्यसपछि कार कम्पनीले उनलाई राहत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनले २० दिनसम्म कारलाई मर्मतका लागि ग्यारेजमा राखेका थिए । ग्यारेजले ३५ लाख रुपैयाँ लिन खोजेको बिललाई कार कम्पनीले ८ हजार रुपैयाँमा मिलाएका जनाइएको छ ।



















