उपमेयर मर्दनियाको निजी निवासमा पार्किङ गरेर राखेको गाडीमा आगलागी भएको हो । आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । गाडीमा पेट्रोल छर्केर आगजनी भएको केही समयमा नै आगो नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।