सुन्दरहरैचा,३ मंसिर । गछिया प्रहरी चौकीले ८० बोरा चामल नियन्त्रणमा लिएको   छ । लेबल नलगाइएका २० केजीको दरका चामलका बोरा सुन्दरहरैंचा– ३ स्थित सीता राईको घरबाट आज प्रहरीले नियन्त्रणमा लिएको बताइएको    छ ।

स्थानीयवासीका अनुसार हिजो बेलुका ट्रकमा ल्याइएको चामल ल्याएर राईको घरमा राखिएपछि स्थानीयले घर घेरेका थिए ।

आज बिहान सो चामल प्र १ ०२ ००२ च ४७९० नम्बरको बोलेरोमा राखेर त्यहाँबाट अन्यत्र लान खोजेपछि स्थानीयले अवरोध गरेर प्रहरीलाई जानकारी गराएका   थिए । इन्स्पेक्टर मीनादेवी राईका अनुसार नियन्त्रणमा लिइएको चामलको सम्बन्धमा अनुसन्धान भइरहेको छ ।  बेतना दैनिकबाट