काठमाडौं,४ पुस  । भेलु बाजे भनेर चिनिएका मिन बहादुर बुढाका उच्छृङखल र अश्लिल  गतिविधि रोकन माग गर्दै जिल्ला प्रशासन कार्यालय प्यूठानमा ज्ञापन पत्र बुझाइएको छ । 

प्यूठानका सुवास जिसीले प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।  प्यूठानको जुम्रिकाँढाका बुढालाई मदिरा सेवन गराई मात्तिने बताएर अश्लिल कृयाकलाप गर्ने र समाजमा पाच्य नहुने शब्दहरुको प्रयोग गर्ने गरेको भन्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न माग गरिएको छ । 

सामाजिक सञ्जार र युट्यूवमा भाइरन हुनका लागि फोहोर, अश्लिल, अपाच्य र अमर्यादित शब्दहरु बोल्ने गरेको र यसले बालबालिकामा नकारात्मक प्रभाव  पार्ने भएकाले उनलाई प्रोत्साह गर्ने मिडिया र व्यक्तिहरुलाई समेत नियन्त्रण गर्न आग्रह गरिएको जिसीले बताएका छन् । 

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेपालले कानुनी रूपमा कार्वाही अगाडि वढाउने प्रतिवद्दता जनाएको जिसीले बताए । 

बुढा पछिल्लो समय केही टेलिशृङ्खलाहरुमा समेत अभिनय गर्ने गरेका छन् ।

तर मदिरा सेवन गराइ जथाभावि बोल्न लगाएर टिकटक र भिडियो बनाएर भाइरल हुनका लागि उनलाई प्रयोग गर्ने गरिएको छ । जसका कारण बुढा निक्कै आलोचनाको पात्र भएका छन् ।