झापा,२७ पुस । झापामा मंगलवार बेलुकी खाना नपकाएको निहुँमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। भोजपुर अरुण गाउँपालिका–१ घर भई झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दिमा डेरा गरी बस्दै आएका बिश्वराज घिसिङले लात्ताले हानेर ३६ वर्षीया श्रीमति प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन ।

खाना नपकाएको भन्दै झगडा गरी लात्ताले हान्दा पेटमा लागि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए। ।

 घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।