झापा,२९ पुस । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाकाे बिर्तामाेड नगरपालिकाका ३९ वर्षीय सागर प्रसाद सेलवाल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । बैंकिङ कसुर मुद्दामा फरार रहेका सेजवाललाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्रेकाे हाे ।
झापा जिल्ला अदालतको ०७७-१०-१९ गतेको फैसला आदेशले बैंकिङ कसुर मुद्दामा दाेषी ठहर गर्दै उनी विरुद्ध ३ दिन कैद र ३ लाख जरिवाना तोकेकाे थियाे । त्यसबेला देखि उनी फरार थिए ।
उनलाई आज नै फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएकाे प्रहरीले जनाएकाे छ । उनले १२ हजार रुपैयाँ पीडित राहत कोषमा क्षतिपुर्ति भराउनुपर्नेछ ।




















