विराटचोक,१७ माघ । मोरङको सुन्दरहरैँचा १० मा रहेको हिमालय इंग्लिश स्कूलले छोटो अवधि मै उत्कृष्ट विधालयको परिचय बनाउन सफल हुदैँ गएको छ ।
विधालयको सैक्षिक वातावारण र गुणस्तरीय शिक्षाका कारण उत्कृष्ट विधालयको रुपमा स्थापित हुदै गएको हो । विधालय सञ्चालनमा कुशल व्यवस्थापन,विधार्थीले पाउने सेवा सुविधा लगातयका विषयमा भिन्नै पहिचान बनाएको छ ।
२०७२ सालमा स्थापना भएको उक्त विधालय तीन वर्षसम्म सामान्य रुपमा मात्र चलेको थियो । तर २०७५ सालमा स्थानीय कमल खनालले उक्त विधालयलाई सञ्चालन गर्न थालेपछि विधालयको स्तर उन्नतिमा बृदी गरेका छन । उनि विधालयको प्रिन्सिपल पनि हुन् । सानै उमेर देखि मेधावी विधार्थी समेत रहेका प्रिन्सिपल खनालको शिक्षा क्षेत्रमा राम्रो दक्षता भएको कारण उक्त विधालयको शैक्षिक वाताबरण राम्रो बनेको छ । उनि कक्षा १ देखिनै प्रथम हुदैँ एमएसी सम्मको पढाईमा बिशिष्ठ श्रेणी हासिल गरेका व्यक्ति हुन ।
हाम्रो विधालयमा शिक्षकशिक्षिकाहरुले विधार्थीहरुले बुझ्ने भाषा र शैलीमा पढाउने र विधार्थीहरु लगनशिल मेहेनत परिश्रमका साथ पढने गरेकोेले होला विद्यालयको बारेमा अविभावकबाट राम्रो प्रतिक्रिया आउने गरेको प्रिन्सिपल खनाल बताउछन ।
विधालयको आफनै निजी सवारी साधन,सुलभ मुल्यमा चमेना गृहको व्यवस्था,दक्ष र बिषयगत शिक्षक,मन्टेस्वरी पद्दतीबाट पढाईहुने,राम्रो भौतिक पूर्वाधार, खेलमैदान,स्वच्छ खानेपानी सुन्दर अनि शान्त वातारणमा भएकोले यो विधालय आफैमा सौदर्य छ।
विधार्थीहरुलाई अंग्रेजी भाषामा दक्षता गराउने सँगै अतिरिक्त कृयाकलापमा पनि विधालयले उत्तिकै सकृयता बढाई रहेको छ । ०७६ र ०७९ सालमा भएको एन प्याबसनको नगर स्तरीय नृत्य प्रतियोगितामा लगातार प्रथम स्थान हासिल गरेको थियो भने मोरङ जिल्ला स्तरिय चित्रकला प्रतियोगितामा दितिय स्थान हासिल गरेको थियो ।
विधार्थीहरुबाट मासिक शुल्क मात्र लिईने र अन्य अतिरिक्त शुल्क नलिने व्यवस्था रहेको प्रिन्सिपल खनालले बताए । गरिव तथा जेहेन्दार लगायतका ३० जना विधार्थीहरुलाई विधालयले निशुल्क पढाउदै गरेको पनि प्रिन्सिपल खनालले जानकारी दिए । भविष्यमा मावितहसम्मको शिक्षा प्रदान गर्ने उदेश्य लिएको हिमालय स्कुलमा अहिले ५ कक्षा सम्मको पठन पाठन भईरहेको उक्त विधालयमा अढाई सयभन्दा बढी विधार्थीहरुले अध्यन गरिरहेका छन् भने आउदो बर्ष देखि विधालयले कक्षा ६ सञ्चालनको तयारी गरेको छ ।
भविष्यमा मावितहसम्मको शिक्षा प्रदान गर्ने उदेश्य लिएको हिमालय स्कुलमा यतिखेर भर्ना हुन आउने विधार्थीसरुको संख्या दिनानुदिन बढ्दै गईरहेको अवस्था छ ।




















