पथरी,७ फागुन । काठमाडौंमा जारी १४ औं राष्ट्रिय बालनाटक महाेत्सव, काठमाण्डौंमा शैली  थिएटरको आयोजना र रसियन कल्चर सेन्टर, कमलपोखरीको सह कार्यमा यही माघ-२९  देखि फागुन ८ गतेसम्म नाट्य प्रदर्शनी भैरहेको छ।

मुलुकभरका बाल बालिकाहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले जारी रहेको नाट्य प्रदर्शनीमा देशभरीका  छनौट भएका २८ वटा संस्था तथा स्कुलका छात्र छात्राहरुले आ- आफ्नो नाटकहरू प्रस्तुत गरेका हुन् ।

झापाको  झापा मेरिगोल्ड सुरुङ्गा, मोरङको पथरीशनिश्चरेबाट रेडस्टार मावि र कानेपोखरी गाउँपालिकाको माउण्ट हर्मोन चिल्ड्रेन एकेडेमीका बाल बालिकाहरूले सहभागिता जनाएका छन् भने पश्चिमको धनगढीबाट पनि एक संस्कृत विद्यालयले माग लिएको १४ औं राष्ट्रिय बाल नाट्य महोत्सव संयोजक सविन न्यौपानेले बताए। उनले  आईतबार सम्ममा १८ वटा स्कूलले आफ्नो तर्फबाट प्रस्तुति दिएका छन् भने १ संस्थासहित ९ वटा विद्यालयहरूले सहभागिता जनाउने बताए । जसमा प्रदेश नं १ वटा ३ वटा विद्यालयहरू सहभागी भएका हुन् ।   

331436486_1607797286352871_3868093035258869379_n"दाँतको डोब" नामक नाटक सुरूङ्गाको  मेरिगोल्डका छात्र छात्राहरुले प्रस्तुति दिदै प्रतियोगितामा भाग लिएका हुन् ।  मोरङ्गको पथरी शनिश्चरेबाट रेडस्टारका  विद्यार्थीले "आमा नहुदाँ एक साँझ '" नामक नाटक मञ्चन गरेको छ।

आज आईतबार आठौं दिन नाटककार महेश पौडेलद्रारा लिखित तथा वरिष्ठ रंगकर्मी तथा चलचित्रका अभिनेता जीवन बरालद्वारा निर्देशित " आमा नहुदाँ एक साँझ " नाटक मञ्चन गरेका थिए भने झापाको झापा मेरिगोल्ड स्कूलका बाल बालिकाहरूले खगेन्द्र लामिछानेले लेखेको  " दाँतको डोब"नाटक प्रस्तुत गरिएको थियो। भोलि  कानेपोखरी गाउँ पालिकाको माउण्ट हर्मोन  चिल्ड्रेन  एकेडेमी तथा  

  भने रमाइलोको  माउण्ट हर्मनले (रसियन कथा बाबायागामा आधारित) "हिउँको बाटो "  प्रर्दशन गर्दैछन् ।