विद्यार्थी युनियनको निर्वाचनमा होस या त निर्वाचित भएर नेतृत्वमा पुग्दा होस् गुन्डागर्दी, हतियार प्रदर्शन, काटमार हुने गरेको छ त्यो हामीले देखेका नै छौँ । विद्यार्थी सिर्जनात्मकभन्दा ध्वंसात्मक क्षेत्रमा यसको नाममा प्रतिस्पर्धा गरिरहेका छन । अहिले यसको विकृति र विसंगतिको पराकाष्ठा भएको छ तर स्ववियु निर्वाचनको सान्दर्भिकता र महत्त्व व्यापक छ । यसलाई सकारात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्न सकिए, यसले समाजलाई ठूलो लाभ हुनेछ ।
स्ववियुमा उम्मेदवार हुनकै लागि वर्षौ वर्ष क्याम्पस ढुक्ने प्रवृत्तिलाई सबैले निरुत्साहित गर्नुपर्छ । उल्टो बाटोमा हिँडेको स्ववियु निर्वाचनलाई सुल्टो बाटो हिँडाउने र समाजलाई आशा र भरोसा दिन अहिलेका विद्यार्थीहरुले एउटा जोखिम मोल्नैपर्छ अन्यथा स्ववियु र विद्यार्थी र आन्दोलन ठूलो धरापमा पर्नेछन् ।
हामीले बिर्सनुहुदैन विद्यार्थी आन्दोलन भोलिको राजनीतिको आँखीझ्याल हो । यसमा कसैले खेलवाड नगरौं ।
विद्यार्थी राजनीति भनेको स्ववियुमा हुने भ्रष्टाचार, गुन्डागर्दी कसरी गर्ने त्यो सिक्ने भन्ने अर्थमा समाजले बुझ्न थालेको भान हुन्छ । विद्यार्थी जीवनमै भ्रष्ट र विगठित चरित्र निर्माण गर्ने अर्थमा पनि लिइन्छ । यसमा आंशिक सत्यता पनि नभएको होइन । तर वास्तविकतामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निकै महत्व रहेको छ ।
विद्यार्थी साथिहरु तपाइहरुले यो कुरा बुझ्नुहोस
सरलता,आत्मीयता र नेतृत्व हस्तान्तरण नहुन्जेलसम्म हामीले फड्को मार्न सकिँदैन । हामी हुनुपर्छ ,सधैँ म हैन मलाई बनाउ मात्र भन्ने नेतृत्व हैन तपाइँ पनि बन्नुपर्छ भन्ने नेतृत्व खोज्नुपर्छ ।
यी कुरा विचार गर्नु भएको छ:-
१)हिजो एकअर्कासङ्ग पौठेजोरी खेलेर हानाहान गर्ने बिद्यार्थी सङ्गठन किन आज एकाएक कुम जोडेर किन हिडिहरेका छन्...?
२)विद्यार्थीको सामु म भन्दा अगाडि यो देखिन्छ कि भनेर तानातान गर्ने तनावपूर्ण अवस्था हिजो सिर्जना भइरहेको हामीले नदेखेको हो र ?अनि अचानक उत्तरी ध्रुव र दक्षिणी ध्रुव कसरी मिलिरहेको छ ?
३) सन्दकपुर र कर्णाली अचानक एक भएको जस्तो गरेर तपाइँहरुको सेवा गर्न हो कि निजी स्वार्थ पूरा गर्न हो ?
४) सेवा नै गर्ने हेतु भए यतिका लामो समय किन पानी बाराबार भैरह्यो त ? हाम्रै सेवाका लागि चुनावका बेला नजिकिएका हुन भन्ने लाग्छ ?
५)क्याम्पसमा प्राज्ञिक र राजनीतिक बहस भैरहेका छैन कि छैनन ? रचनात्मक कार्यक्रम कति पटक भयो ?
६)विद्यार्थी संगठन आफ्नो एजेन्डामा बहस गर्छन कि गर्दैनन् ? आज आफ्नो एजेन्डामा अडिग हुन नसक्ने नेतृत्वले के भोलि विद्यार्थीको एजेन्डामा एक हुन्छ भन्ने केही ग्यारेन्टी छ त ?
७)आफूलाई नैतिक मूल्य ज्ञान र क्षमताका आधारमा स्वस्थ प्रतिस्पर्धा गरेर स्थापित हुन चाहन्छन कि चाहँदैनन् ? आखिर किन चाहदैनन् ?
यदि यसो छैन भने जुन विद्यार्थी संगठन जिते पनि विकृतिले मात्र विजय प्राप्त गर्नेछ । त्यस किसिमको विकृतिलाइ तपाईं हामिले अस्वीकार गर्नुपर्दछ ।
त्यसैले पनि स्ववियु निर्वाचनलाई सार्थकता दिनुपर्दछ । हामीले आफ्नो पल्ला भारी पार्न आफ्नो उदेश्यबाट विमुख भै हिजो पानी बाराबारको अबस्था निजी स्वार्थ पूर्तीका लागि पानी बाराबार भएको भएता पनि आज एकअर्कामा लुप्त हुने प्रवृत्तिलाई रोक्नै पर्छ । हामीले नेतृत्व चयनमा कमी कमजोरी गर्नुहुन्न । तपाइँको एक भोटले तपाईं क्याम्पसमा हुदा मात्र हैन भोलि तपाईंका भाइबहिनीहरुको क्याम्पस भित्रको पठनपाठन लगायत सिङ्गो भविष्य निर्धारण गर्दछ ।
विचार गर्नुहोस् , होशियार हुनुहोस् । सही के हो गलत के हो छुट्याउनुहोस् ।
भोलि खुलेर बोल्न सकिएन , सधैं धक्का मुक्की मात्र हुन्छ, प्रहरी आएर कलेज बाहिर दिनहु पहरा दिनुपर्ने कारण त यसो रहेछ बिद्यार्थीको हितमा नभई ब्यक्तिगत स्वार्थका लागि भोट दिइएछ भनि पुर्पुरो ठोक्नुभन्दा आज सजग हुनुहोस ।
देखिएका सबै कुरा बास्तबिक हुदैनन । अध्ययन गर्नुहोस,छुट्याउनुहोस अनि आफ्नो मन र मत दिनुहोस ।
( लेखक अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटीका सचिव हुन् )



















