उपराष्ट्रपति नन्दबहादुर पुन सरसफाइमा जुटेका छन्।पुनले लौनचौरस्थित उपराष्ट्रपति कार्यालय र निवास परिसरमा शुक्रबार सरसफाइ गरेका हुन्।
उपराष्ट्रपतिको अगुवाइमा अब महिनाको कम्तिमा एक पटक कार्यालय परिसर सरसफाइ हुने उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। सुरक्षाकर्मी, कर्मचारीसँगै उपराष्ट्रपति पुन पनि सरसफाइमा सहभागी भएका हुन्।




















