विराटचोक,८ चैत । माेरङकाे सुन्दरहरैंचा स्थित  गोठगाउँमा रहेको ज्ञानज्योति इङ्लिस स्कुलले आफ्ना २ जना पूर्व विद्यार्थीलाई विद्यालय परिसरमा बुधबार सम्मान गरेको छ । 

  २०७५ सालको एसईई परीक्षामा सामेल भई ३ दशमलव ८५ जीपीएका साथ उत्तीर्ण हुनुभएको विद्यार्थी सौरभ भट्टराईलाई विद्यालयले सम्मान गरेको हो । भट्टराईले  मेडिकल एजुकेसन कमन इन्ट्रान्स इक्जामिनेसनले लिएको एमबीबीएसको परीक्षामा पूर्ण छात्रवृत्ति पाउनु भएको थियो  ।

त्यस्तै, २०७६ सालको एसईईमा ३ दशमलव ९५ जीपीएका साथ उत्तीर्ण हुने छात्र प्रियान्शु साह इञ्जिनियरिङ काउन्सिलले लिएको परीक्षा अन्तर्गतको एयर स्पेल इञ्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । दुबै  विद्यार्थीलाई विद्यालयमा एक कार्यक्रम गरी प्रशंसापत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको विद्यालयका प्रिन्सिपल देवि सिटौलाले जानकारी दिनु भयो । 

337374844_2013222898847982_9158441521846555104_n सम्मानित हुने विद्यार्थीका अभिभावक अनुरोध साहले विद्यालयले स्थापनाकालदेखि नै दिइरहेको गुणस्तरीय शिक्षा हालसम्म कायम राख्न सकेकोमा विद्यालयलाई धन्यवाद दिनुभएको छ । अर्का अभिभावक शशिकान्त भट्टराईले अभिभावकले विद्यालयप्रति गरेको विश्वास हालसम्म नडगमगाएको उल्लेख गर्नु भयो । 

 विद्यालयका प्रिन्सिपल सिटौलाले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा हौसला थपिने र आउँदा दिनहरुमा उत्कृष्ट नतिजा ल्याउन सहयोग पुग्ने बताए । विभिन्न विधामा उत्कृष्ट हुने पूर्व विद्यार्थी र अध्ययनरत विद्यार्थीलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने उहाँले बताउनु भयो ।